भरतपुरमा एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २३:५८:५८
२२ मंसिर, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका–११ बस्ने वर्ष ३१ की रन्जु लामा, उनको श्रीमान् वर्ष ३३ को सूर्यबहादुर गुरुङ र उनको छोरी वर्ष २ को खुसी गुरुङ रहेका छन् ।
मध्यम अवस्थामा रहेका घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार