अन्तर विद्यालय कप फुटसलमा मनास्लु वर्ल्ड कलेज चुच्चेपाटी प्रथम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १७:५६:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/footsal-_HC7GtF8RB2.jpg)
२३ मंसिर, काठमाडौं । अन्तर विद्यालय कप फुटसलमा मनास्लु वर्ल्ड कलेज चुच्चेपाटी प्रथम भएकाे छ । निजी तथा आवासिय विद्यालय संगठन ‘प्याब्सक’ले आयोजना गरेको अन्तर विद्यालय कप फुटसल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चुच्चेपाटी प्रथम भएकाे हाे ।
प्याब्सक काठमाडौद्वारा आयोजित सातौ संस्करणको अन्तर विद्यालय फूटसल प्रतियोगिता मंसिर २० र २१ गते सम्पन्न भएको गरिएकाे फूटसल प्रतियोगितामा २६ स्कुलका टिमहरु सहभागी थिए । जसमध्ये लुम्बिनी एकेडमी चुच्चेपाटी द्वितीय र प्रशान्ती एकेडमी कपनले तृतीय स्थान हाँसिल गरेका छन् । फूटसल प्रतियोगिताको फाइनलमा मनास्लु वर्ल्ड स्कुलले लुम्बिनी एकेडमी माथि ६-० गोलले जित हात पारेको थियो।
प्रतियोगिताको समापनमा प्रमुख अतिथि तथा राखेप सदस्य-सचिव टंकलाल घिसिङले प्रथम हुने टिमलाई रु। १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई रु। ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु। ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र वितरण गरे ।
त्यसैगरी बेस्ट प्लेयर संगम वाइवा, फेयर प्ले पायोनर पब्लिक स्कुल, हाइ स्कोर सन्जय थापा, मनास्लु वोर्ल्ड कलेज र बेस्ट गोलकिपर मनास्लु कै पदम तामाङले प्राप्त गरेका छन ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङले खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभइ पाठ्यक्रममै समेटिनु पर्ने र त्यो कुरा बिस्तारै हुँदै गएको बताए । उनले खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरा र खेलकुदलाई व्यावसायिक बनाउन सकिने कुरामा जोड दिनुपर्ने बताए । उनले खेलबाट आफ्नो जीवनको मात्रै नभै राष्ट्रको गौरव बढाउन सकिने कुरामा विशेष जोड दिए ।
समापन कार्यक्रमको अध्यक्षता प्याब्सकका अध्यक्ष गेन्द्र लामाले गरेका थिए, भने कार्यक्रम संचालन प्याब्सकका महासचिव राजन श्रेष्ठले गरे। प्रतियोगिताको समापन कार्यक्रममा अन्य प्याब्सकका पदाधिकारी लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममामा बोल्दै अध्यक्ष गेन्द्र लामाले सहभागी स्कुललाई बधाइ दिए । उनले विद्यार्थीहरुको पढाइका साथसाथै खेलकुदलाई प्राथमिकता दिने र त्यसको लागि प्रशिक्षणको जरुरी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार