कांग्रेस र एमाले मिलाउन तेस्रो शक्ति सक्रिय, शेखर नेतृत्वमा सहमति खोजिदै
केदार भट्टराई (काका)
मंसिर २४, २०७९ शनिबार १९:३७:३९
२४ मंसिर, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला सरकारको समीकरण परिवर्तन हुनसक्ने संकेतहरु देखिन थालेका छन् । प्रत्यक्ष रुपमा पहिलो र दोस्रो दल बनेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनमा सहमति हुननसक्ने वातावरण बनिरहेका बेला अमुक शक्तिले यी दुई दल मिलाउन कसरत गरिरहेको सूचना बाहिरिन थालेका छन् । सम्बद्ध दलका नेताहरुले नै अब बन्ने सरकार कांग्रेस र एमालेको संयुक्त सरकार हुनसक्ने अहिले बताउन थालेका छन् ।
राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि निर्वाचनमा प्राप्त जनमत अनुसार कांग्रेस र एमालेको सरकार बन्नुपर्ने उनीहरुको भनाइ छ । कांग्रेस र एमाले भित्रैबाट पनि दोस्रो र तेस्रो तहका नेताहरुले नेतृत्वलाई कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने सुझाव दिइरहेका छन् ।तर, सहमति कहाँबाट गर्ने भन्ने बिन्दु फेला परेको छैन् । उनीहरुको भनाइमा छिमेकी राष्ट्रको पनि दुई दल मिलेर सरकार बनाउन भन्ने चाहना छ ।
नयाँ सरकार गठनको विषयलाई प्राथमिकतामा राखेर नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दलका शीर्ष नेताहरुसँग भेटघाट बाक्लो बनाइरहेका बेला नेताहरुले समेत कांग्रेस र एमालेको संयुक्त सरकारको विषय उठाएका छन् । यहिबेला नेपालका केही नेताहरु चीन पुगेका छन् । नेपाली नेता चीन पुगेलगत्तै भारतीय राजदूतको सक्रियता पनि बढेको छ । यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कुराकानी भएको छैन् ।
दुई दलका शीर्ष नेतालाई मिलाउन कसरत गरिरहेका नेपाली कांग्रेसका एक नेताले बताए अनुसार देउवा र ओलीबीच सरकारका विषयमा कुरा गर्न पहिले केही विषयमा सहमति हुन आवश्यक छ । पहिलो अवस्था नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डको’ भूमिका अझै शंकास्पद छ । उनी प्रधानमनत्री नपाएको अवस्थामा कस्तो भूमिकामा रहन्छन भन्ने विषय खुलिनसकेको नेताहरु बताउँछन् । यसकारण माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने दौडलाई तीव्रता दिँदा वर्तमान गठबन्धन रहन्छ अथवा रहँदैन भन्ने प्रश्न बाँकी नै छ ।
प्रचण्डलाई आफ्ना मातहतका नेताहरूले एमालेसँग गठबन्धन गरेर अघि बढ्न सुझाव दिइरहँदा कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्छ वा गर्दैन भन्ने राजनीतिक वृत्तमा चर्चा सुरु भइरहेको बेला उनी चुपचाप बसेका छन् । दुई नेता मिलाउन प्रयासमा रहेका एमाले नेताको भनाईमा भारतीय राजदूत श्रवास्तवले पनि यो विषयमा ओलीसँग कुरा उठाएका थिए । भारतीय राजदूत श्रीवास्तव एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
राजदूत श्रीवास्तवले भेटको खबर पठाएपछि ओलीले सचिवालय बैठकसमेत रोकेर श्रीवास्तसँग एक घण्टा छलफल गरेका थिए । अहिले मुख्य तीन विषयहरु उठाएर यसको निकास निकाल्नका लागि कांग्रेस र एमालेको संयुक्त सरकार बन्नुपर्ने तर्क अगाडि सारिएको छ । शान्ति प्रक्रियालाई टुंग्याउन, नागरिकता विधेयकलाई सहज रुपमा पारित गर्न र निर्वाचन प्रणालीमा केही परिवर्तन गर्ने जस्ता विषयमा पनि कांग्रेस एमाले नमिलि सहमित नहुने भनिएको छ ।
संविधान संशोधन गर्नुपर्ने माग पनि उठिरहेको र यसका लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेमा अरु दललाई सहभागी गराएर दुईतिहाई पुर्याउन सकिने सम्भावना रहने उनीहरुको तर्क छ । यस अभियानमा केही नागरिक अगुवाहरु पनि रहेको बताइएको छ । देउवा र ओलीले पनि यसअघि निर्वाचन प्रणालीमा कतिपय कुरा फेर्न आवश्यक भएको बताएका थिए । यसका लागि संविधान संशोधन गर्न आवश्यक छ ।
ती नेताले भने,‘संविधानका प्रावधान फेर्ने, संविधानमा व्यवस्था नभएका कुरा संशोधन गर्ने, परिवर्तन हुने खालका अनेक स्वार्थका विषय भएपनि यथार्थमा संविधान रक्षाको प्रश्न महत्वपूर्ण छ । निर्वाचनको परिणामले अहिले दलीय व्यवस्था र दलहरूविरुद्ध जसरी संगठित अभियान चलाउन खोजिएको छ, त्यसप्रति सजग रहन पनि निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्छ ।’ यतिबेला बहुदलीय व्यवस्था र दलीय प्रणालीकै विरुद्ध आवाज पनि उठिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष ओली पनि चुनावपछि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्न सक्ने बताएका थिए । ओलीले केही महिनादेखि चुनावपछि सत्ता गठबन्धन भत्किने सम्भावना औल्याउँदै मतदान हुनुभन्दा दुई दिनअघि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने बताएका थिए । गृहजिल्ला झापा पुगेका ओलीले यस्तो समीकरणबारे सार्वजिनक रूपमा बोलेका कारण पनि अहिले अदृष्य रुपमा खेलिरहेका राजनीतिक खेलाडीहरुलाई कांग्रेस र एमालेको सरकार बनाउन सहमति जुट्ने बताइरहेका छन् ।
यदि कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था आउनसक्ने देखिएमा एमालेले कांग्रेसले नेतृत्व गर्दा व्यक्ति फेर्नु पर्ने शर्त पनि राखेको बताइएको छ । उसले देउवाको नेतृत्वलाई जनताले अश्विकार गरिसकेको भन्दै कांग्रेसले प्रधानमन्त्रीमा अर्को व्यक्ति उभ्याउनुपर्ने शर्त राखेपछि कांग्रेसका संस्थापन इतरसमूहका नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरी सहमतिको प्रयास भइरहेको नेताहरुको भनाई छ । तर, यसमा देउवा सहमत हुने विषय झन गम्भीर छ ।
सात पटक प्रधानमन्त्री बन्ने सपना बोकेका सभापति देउवा अहिले पनि पार्टीको नयाँ पुस्ता र सत्ता गठबन्धनकै अर्का उम्मेदवार प्रचण्डलाई समेत सत्ताको वागडोर सुम्पन तयार देखिएका छैनन् । त्यसैले एमालेका दोस्रो तहका नेताहरूको आश्वासनका आधारमा प्रचण्ड एमालेसँगै सत्ता साझेदारीको मनस्थितिमा जानसक्ने आशंका बढिरहेको छ । प्रचण्डले विकल्प खोजेमा एमालेसँग गठबन्धन गरेर कांग्रेस अघि बढ्ने सम्भावनालाई लिएर यी दुई दल मिलाउन अहिले प्रयास भइरहेको हो ।
यो विषयमा कांग्रेस र एमालेका मध्यमार्गी नेताहरुबीच छलफल चलेपनि छलफल भएको विषय बाहिरिएको छैन । तर, अनौपचारिक केही छलफल भएको विषयलाई नेतृत्वले पनि अस्वीकार गरेको छ । चुनाव जित्नेबित्तिकै एमाले अध्यक्ष केपी ओली र नेता प्रकाशमान सिंहबीच संवाद भएको थियो । तर, त्यो संवादलाई शुभकामना आदानप्रदान मात्र भएको मानिएको छ । कांग्रेस संस्थापन इतरसमूहका नेता कोइराला र ओलीबीच भने यी विषयमा समय समयमा कुराकानी भइरहेको बुझिएको छ ।
नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि देशमा राजनीतिक संकटको परिस्थितिमा रहेकाले कांग्रेस–एमाले सरकार बन्नसक्ने संकेत गरेका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव हारेका कांग्रेस नेता विजयकुमार गच्छदारले पनि देउवालाई भेटे लगत्तै सुनसरी पुगेर कांग्रेस एमालेको सरकार बन्नुपर्ने र यस विषयमा अनौपचारिक छलफल चलिरहेको बताएका थिए ।
ओलीको कोटरीभित्र पनि दुईथरीका भनाईहरु आईरहेका छन् । एकथरीले कांग्रेससँग मिलेर सरकार बनाउनुपर्नेमा जोड दिईरहेका छन् भने अर्कोथरीका नेताहरुले अहिले एमाले प्रतिपक्षमा बस्दा नै उचित हुने सुझाव ओलीलाई दिईरहेका छन् । तर अध्यक्ष ओलीले भने नेताहरुका यस्ता अभिव्यक्तिलाई बहसको विषय बनाएका छैनन् । एमाले अध्यक्ष ओलीले जोड दिएर विगतमा कांग्रेससँग गरेको गठबन्धनको उदाहरण दिँदै ‘मंसिरको निर्वाचनपछि कांग्रेस र एमाले सरकार पनि बन्न कुरामै जोड दिएर अहिले चुपचाप बसिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार