नयाँ सरकारः सत्ता गठबन्धनमा १४२, विपक्षमा ९२ र तटस्थमा ४१ सीट
केदार भट्टराई (काका)
मंसिर २५, २०७९ आइतबार १७:४४:४६
२५ मंसिर, काठमाडौं । समानुपातिकतर्फको सीट संख्या निर्धारण भएपछि नयाँ सरकार गठनबारे पक्ष-विपक्षको मोटामोटी संख्या छानिएकाे छ । सीके राउत नेतृत्वको जनमत पार्टीसँग सहमति भएसँगै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सहज देखिएको छ । नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनतर्फ कित्ता नछुट्टिएका कारण को कस्को भन्ने खुलेको छैन् ।
निर्वाचनमा तालमेल गरेर गएका नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाबाहेक मधेशमा पहिलोपल्ट उदाएको जनमत पार्टी मिसिएपछि गठबन्धनलाई सरकार बनाउन सहज भएको हो । सत्ता गठबन्धनमा रहेको कुल संख्या १४२ छ भने विपक्षीतर्फ कुल सीट १३३ देखिन्छ । तर, निर्वाचनमा गएको अवस्थालाई हेर्दा एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनमा अहिले राप्रपा मात्रै छ । राप्रपा र एमाले जोड्दा विपक्षी गठबन्धनमा ९२ सीट हुन आउँछ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग मिलेर चुनाव लडेको भएपनि उसँगको सम्बन्ध सकिएको बताईसकेको छ । प्रतिनिधिसभामा जसपाको १२ सीट अहिले तथष्ट बसेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग २० सीट छ । यो पनि अहिलेसम्म तथष्ट नै छ । उसले कुनै पनि पक्षलाई सघाउने निर्णय गरेको छैन् । यी दुई दलको सीट जोड्दा ३२ हुन्छ ।
यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । उनीहरुले पनि अहिलेसम्म यो पक्षालाई समर्थन गर्ने भनेका छैनन् । नेपाल मजुदर किसान पार्टीको एक र नागरिक उन्मुक्ति पार्टीको ३ सीट रहेको छ । यी दुवै दलका ४ सीट पनि अहिलेसम्म तटष्थमै रहेका छन् । उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइको सर्त गठबनधनसँग राखेको छ ।
यसरी रवि लामिछाने नेतृतवको रास्वपा, उपेन्द्रयादव नेतृत्वको जसपा, स्वतन्त्र, नागरिक उन्मुक्ति र नेपाल मजदुर किसानको गरी ४१ सीट अहिले तथष्ट अवस्थामा बसेको छ । यसमध्ये जसपा र नागरिक उन्मुक्ति र स्वतनत्रहरुसँग सत्ता गठबन्धनले सरकार सहभागि गराउने विषयमा छलफल गरिरहेको छ । सत्ता गठबन्धनले यी दलहरुसँगको छलफललाई जारी राखेरै पनि सरकार बनाउन सक्ने अवस्था देखिएको छ ।
अहिले तथष्ट रहेका भनिएको ४१ सीट नेकपा एमालेको पक्षमा गएको अवस्थामा उसको नेतृत्वमा १३३ सीट हुन्छ जुन सीट संख्या सरकार बनाउनका लागि अपुग हो । मंसिर ४ गते भएको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनको दौडधुप यतिबेला तीव्र छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना निर्वाचित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन् ।
योपटक संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ । पाँच स्वतन्त्र सांसदले पनि चुनाव जितेका छन् । संसदमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गरी १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ । पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।
प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सीट ल्याएको छ । कांग्रेसको कुल सांसद ८९ पुगेको छ । एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सीट पुर्याएको छ । माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद पुर्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सीट जितेको छ । उसले समानुपातिकमा १३ सहित २० सीट प्राप्त गरेको छ ।
राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी १४ सीट, जसपाले प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ र जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा पाँच गरी ६ सीट जितेको छ । यिनै सात पार्टीले ‘थ्रेसहोल्ड’ कटाएका छन् । राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अरू पाँच पार्टीले थ्रेसहोल्ड कटाउन सकेनन् ।
समानुपातिकबाट सीट नपाए पनि प्रत्यक्षतर्फबाट एकीकृत समाजवादीका १० सीट, नागरिक उन्मुक्ति पार्टीका तीन, लोसपाका चार, राष्ट्रिय जनमोर्चाको एक, नेपाल मजदुर किसान पार्टीको एक र स्वतन्त्र सांसदहरू पाँच सीटको संख्यामा छन् । यो अनुसार संसद्को सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ । कांग्रेसको कुल सीट संख्या ८९ छ । स्वाभाविक रूपमा संसद्को सबैभन्दा ठूलो दलले सरकारको दावी गर्ने भएकाले उसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी सुरु गरेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार