दलको चुनाव नगराउने पक्षमा देउवा, आकांक्षीलाई रोक्ने रणनीति !
केदार भट्टराई (काका)
मंसिर २५, २०७९ आइतबार १९:८:२९
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आगामी सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीका आकांक्षीहरु धेरै देखिएपछि यसकै कारण पार्टीमा विवाद आउनै भन्दै पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चयनका लागि दलभित्र चुनाव नगराउने रणनीति बनाएको बुझिएको छ । दलको नेताका लागि चुनाव नहुने भएपछि प्रधानमन्त्रीका आकांक्षी नेताहरु अन्योलमा देखिएका छन् ।
संविधानमा दुई वा सोभन्दा बढी दलको संयुक्त सरकार बन्दा प्रधानमन्त्री बन्ने व्यक्ति दलको नेतामा चयन भएको हुनुपर्ने बाध्यकारी नभएको भन्ने कानून व्यवसायीको सल्लाह अनुसार देउवाले संसदीय दलको चुनाव नगराउने रणनीति लिएको बताइएको छ । २०७९ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दललाई बहुमत नआएपछि धेरै दल मिलाएर सरकार बनाउनुपर्ने बाध्यता छ ।
कांग्रेसका एक नेताले बताए अनुसार एकल सरकार बनाउन कांग्रेस र एमाले असमर्थ भएपछि यो परिणामले संविधानकाे धारा ७६(१) अनुरूप सरकार बन्ने सम्भावनाको ढोका बन्द गरिदिएका कारण देउवाले दलको नेताको चुनाव नगराई आफु प्रधानमन्त्री बन्न चाहेका छन् ।दलको चुनाव गराउँदा पार्टीमा विवाद आउने देउवाको आशंका छ । उनी सत्ता गठबन्धनबाट पहिलो प्रधानमन्त्री आफै बन्ने तयारीमा छन् । कांग्रेसको विधानअनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नै पर्ने प्रावधान छ ।
देउवाका निकट कानून व्यवसायीले धारा ७६(२) अनुसार दलीय गठबन्धनका आधारमा सरकार बनाउँदा दलको नेतामा निर्वाचित हुनै पर्ने बाध्यकारी नियम नभएको भन्दै दलको चुनाव विना नै प्रधानमन्त्री बन्न बाटो खुल्ला रहेको सुझाव दिएपछि उनले यस्तो रणनीति बनाएको बताइन्छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक अरु दलबाट प्रधानन्त्री बन्ने अवस्था आएमा संसदीय दलको नेता छान्न सकस पर्ने अवस्था छैन् ।
नेकपा माओवादी केन्द्रमा संसदीय दलको चुनाव अध्यक्ष पुष्पकमल दाहालले चाहेको अनुरुप नै हुँदै आएको छ । त्यसैले यसपटक पनि उनलाई संसदीय दलमा चुनौती दिने पात्र हालसम्म खडा भएका छैनन् । सबैभन्दा ठूलो दल बनेको कांग्रेसमा भने संसदीय दलको नेता बन्ने आकांक्षीहरुको भीड छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा एकनम्बर मै रहेका छन् । उनले समानुपातिकदेखि प्रत्यक्षसम्मका निर्वाचित सांसदहरुलाई बोलाएरै आफूलाई संसदीय दलको नेतामा सहयोग गर्न भनिसकेका छन् ।
देउवाबाहेकका कांग्रेसमा डा.शेखर कोइराला, रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह संसदीय दलको नेता बन्ने दौडमा छन् । संविधानको धारा ७६ (१) को सरकार बन्ने अवस्था नभएकाले संविधानको धारा ७६ (२) को सरकार बनाउनुपर्ने बाध्यतामा देउवाले दलको चुनाव नै नगराउने रणनीति बनाएका छन् । केही नेताहरुले दलको निर्वाचन नगराए कांग्रेस विधान विपरित हुने बताएका छन् ।
कानूनविद्का अनुसार संविधानको धारा ७६ (२) ले सरकार बनाउन संसदीय दलको नेतानै हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन । यही व्यवस्थामा टेकेर सभापति देउवाले पहिले आफु प्रधानमन्त्री बन्ने त्यसपछि मात्रै संसदीय दलको नेताका लागि चुनावको वातावरण मिलाउने तयारी गरिरहेका छन् । संविधानको संघीय कार्यपालिका सम्बन्धी व्यवस्था अनुसार धारा ७६ मा मन्त्रिपरिषद गठन सम्बन्धी व्यवस्था स्पष्ट रुपमा उल्लेख छ ।
धारा ७६ को उपधारा १ मा निर्वाचनबाट एकल बहुमत प्राप्त गरेको दललाई सरकार बनाउने अधिकार प्रदान गरिएको छ । ७६ को उपधारा २ मा भने गठबन्धन सरकारका लागि मापदण्ड बनाइएको छ । एकल बहुमत नपुगे धारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरु मिलेर बहुमत पुर्याउने र सरकार बनाउन सकिने उल्लेख गरिएको छ । संविधानको धारा १ बमोजिम सरकार बनाउन मात्र बहुमत प्राप्त गरेको दलले सरकार बनाउन सुरुमा संसदीय दलको नेता छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।
यता, केही कानून व्यवसायीहरुले भने दलको नेता नचुनिकन प्रधानमन्त्री बन्न परमपरा बनाउन नहुने बताएका छन् । उनीहरुको भनाइमा बहुदलीय व्यवस्थामा संसदीय दलको नेताले नै संसद र सरकार निर्माणको नेतृत्व लिनेहुँदा नेता चुन्न आवश्यक छ । संविधानले एकभन्दा बढी दलको सरकार बन्ने अवस्थामा संसदीय दलको नेता भनेर नतोके पनि दलको समर्थन लिनुपर्ने बाध्यता रहेकाले संसदीय दलको नेता चुन्नु प्राकृतिक हुने उनीहरुको तर्क छ । दलको समर्थनका लागि पनि नेता चुन्न आवश्यक छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार