संसद सचिवालयका महासचिव गौतमले सर्वोच्चमा पठाए इजलासमै उत्तर दिने जवाफ

नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २२:३४:१०

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको फूल कोर्टलाई जवाफ पठाएका छन् । उनले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका हुन् । गौतमले सामान्य पत्र मात्र पठाएर सोधिएका प्रश्नको जवाफ भने दिएका छैनन् ।
उनले पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि इजलासमै दिने जानकारी गराएका छन् । उनले पत्रमा भनेका छन, ’सोही विषयमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेकाले पूर्ण इजलासको प्रश्नको सम्मान गरेको छु । यसको जवाफ कारण देखाऊ आदेशको जवाफसँगै दिने तयारीमा छु ।’
आइतबार गौतमले सर्वोच्च प्रशासनलाई पत्र पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले सोधेका प्रश्नको आइतबार पत्र पठाउँदै यस्तो बताएका हुन् । महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि संवैधानिक इजलासले उनीमाथि कारण देखाऊ आदेश जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल बार एशोसिएशनको निर्वाचन : कार्यतालिका आइसक्यो, सत्ता पक्षमै छैन गठबन्धनको टुंगो
फागुन १३, २०८१ मंगलबार
प्रधानन्यायाधीशको नाममा खोलिएको नक्कली अकाउन्टबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार