अटिजममा शिक्षक नहुँदा अभिभावक समस्यामा
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २३:५४:१८
२५ मंसिर, रेसुङ्गा । गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।
पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन ।
पाल्पाबाट बुटवल जानुभएकी सुकमाया छोरालाई पढाउन गुल्मी आइन । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उनी भन्छिन, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ”, उनले भनिन । शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनले बताइन । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ ।
गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनी अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन ।
अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएका छन । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ ।
रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् । यसअघि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल रु ६० लाख सहयोगमा पाँच कोठाको भवन पाठशालाका लागि बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आएका छन । उनीहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ ।
अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउछिन । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उनी भन्छिन, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”
रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताए । उनले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार