पेट्रोलपम्पबाट रकम असुल गरेको आरोप लागेका साह सचिवमा बढुवा
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ सोमबार ३:५५:५
२५ मंसिर, काठमाडौं । सरकारले विवादित सहसचिव रामआधार साहलाई सचिवमा बढुवा गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पेट्रोल पम्पमा ठगी गरेको आरोप लागेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको गत मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय साह, विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस गरेको थियो । तर पनि सरकारको रोजाईमा उनी परेका छन् । शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मंसिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो ।
पेट्रोल पम्प काण्डमा साहलाई २०७२ मा तत्कालीन महानगरीय अपराध महाशाखाले पक्राउ समेत गरेको थियो । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक रहँदा साहले चिप्स जोडेर पेट्रोल पम्पहरुले ठगी गर्दै आए पनि पम्प सञ्चालकसँग मिलेर मासिक रुपमा रकम उठाएको आरोप थियो ।
तत्कालिन एसएसपी सर्वेन्द्र खनालले उनलाई पक्राउ गरी कारवाहीका लागि पठाएका थिए । त्यतिबेला पम्पमा चिप्स जोडेर रिमोटमार्फत उपभोक्तालाई कम तेल दिने पम्प संचालक र गिरोहलाई पक्राउ गरेको थियो । पम्प संचालक र प्रविधि जोड्न सघाउने गिरोहको बयानको आधारमा साह गुणस्तर तथा नापतौल विभागमा हुँदा यो प्रविधि ल्याउन सहयोग पुयाएको पाइएपछि पक्राउ परेका थिए ।
२०७० सालमा भारतमा विशेष प्रहरी अपरेशनबाट लखेटिएका गिरोहको सहयोगमा प्रविधि जोडेर नेपालका पम्प संचालकले ठगी गर्न थालेका थिए । यो गिरोहका नाइके आयोब आलमले यो प्रविधि नेपालमा ल्याएका थिए ।
त्कालिन विभाग प्रमुख साहले नसिम रावल सिद्धिकी भन्ने फर्म आयलको सर्भिस सेन्टरलाई उपत्यकाभरीको पम्प मर्मतको जिम्मा दिइएको थियो । उनी २०५० सालदेखिनै काठमाडौंका पम्प मर्मत गर्थे । उनले अर्थिकमार्फत कम परिमाणको तेल बिक्री गर्न सिकाएका थिए । सिद्धिकीको काठमाडौंका केही पम्पमा समेत लगानी रहेको स्रोतले बतायो । सिद्धिकीले मर्मतको जिम्मा पाएपनि पछिल्लो दुई वर्षदेखि आलमले रिमोटमार्फत तेल घटी बिक्री गर्ने चिप्स बिक्री गर्न थालेका थिए ।
सिद्धिकी र आलम मिलेर चिप्समा आधारित ठगीलाई फैलाउने काम गरेका थिए । काठमाडौं उपत्यकामा भाडामा लिएका पम्प संचालकले यो प्रविधि आलमसँग तीस हजारमा किनेका थिए । अहिले चिप्स जडान भएका धेरैजसो पम्प मासिक चार लाखसम्म भाडा लिएर संचालन भएका हुन् । विभागका तत्कालिन महानिर्देशक साहले यो प्रविधिमार्फत ठगी गरेको थाहा पाएपछि कारवाहीको साटो पम्प संचालकसँग मासिक रुपमा रकम उठाउने गरेका थिए । विभागमा रहँदा साहले चिप्स जोडेका पम्पमा बिक्री भएको तेलको परिमाणका आधारमा कमिसन लिने गरेका थिए । तर अहिले उनी सचिवमा बढुवा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार