फेरि कमजोर बन्दै नेपाली मुद्रा, शोधनान्तरमा दबाब बढ्ने चिन्ता
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार १७:२३:४८
२७ मंसिर, काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्री दर मूल्य १३२.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ।
नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ वृद्धिले सुधारको क्रममा रहेको शोधनान्तरमा फेरि दबाब पर्ने चिन्ता अर्थशास्त्रीहरूको छ । यद्यपि पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बढ्दै गएमा यसले सहजता आउने समेत आशा देखिएको छ ।
अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) फेरि कमजोर बनेको हो । गत ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको थियो।
पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो । डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको हो । नेरु र भारुबीच विनिमय दर स्थिर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। अहिले पनि त्यही भएको हो।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अमेरिकी अर्थव्यवस्थामा माग घटाउने प्रयासस्वरुप गत मार्च २०२२ बाट ब्याजदर बढाउन केन्द्रीत छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार फेडरल रिजर्भले यसै साता ५० आधार अंकको दर वृद्धिको घोषणा गर्ने सम्भावना छ, जसले सन् २०२२ को कुल दर वृद्धि बढाएर ४२५ आधार अंक पुग्ने आकलन गरिएको छ ।
उच्च अमेरिकी ब्याजदरले विश्वका ठूला पूँजी सबैभन्दा ठूलो अर्थ व्यवस्थातर्फ जाने देखिन्छ । जसले भारतीय मुद्रा जस्ता उदीयमान बजारका मुद्रामा दबाब बढाउँछ । यसले नेपाली मुद्रालाई प्रत्यक्ष असर पुर्याउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार