२ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, अनलाइनबाटै बोलकबोल
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार १८:१:२३
२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ ।
साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सर्वसाधारण नागरिक तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।
यहि मंसिर २८ गते ऋणपत्र निष्काशन र साँवा भुक्तानी गरिनेछ । यसको व्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । सहभागीहरूले प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा रहेर ऋणपत्र बिक्री गर्न सक्नेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १.७ अर्ब र ३ करोड रुपैयाँ छुट्याइएको छ । व्याजदरलाई बोलकबोलले कबोल गरेको सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ ।
साथै रकममा भएको कटअफ व्याजदरलाई एकल व्याजदरमा कायम गरिने र ब्याज दरभन्दा तल सबै बोलवालाहरुलाई एकल व्याजदरमा ऋणपत्र प्रदान गरिनेछ । यस बैंकबाट इजाजतपत्र प्राप्त भएका (क, ख र ग) वर्गका बैंक तथा वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भग लिन पाउने छैनन् ।
ऋणपत्र घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार