शेयरबजार २.५७ अंकले ओरालो, नबिल बैंक शीर्ष स्थानमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २१:२५:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/share-1_YAkqwF2w1e.jpg)
२७ मंसिर, काठमाडौं । शेयरबजार मंगलबार ओरालो लागेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागे संगै १२ कम्पनी स्थिर रहेको छ ।
यस्तै, कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता शेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। सोमबार पनि शेयरबजार घटेको थियो । सोही दिन शेयर बजार ३१.९७ अंकले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा मंगलबार पनि नविल बैंक शीर्ष स्थानमा छ। यसको आज ७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तिय संस्थाको कारोबार भएको छ।
यता, सिवाइसियलको शेयर मूल्य १० प्रतिशत र सञ्जेन जलविद्युत कम्पनीको ७.७३ प्रतिशतले बढेको छ। कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसूचकबाहेक सबै उपसुचकमा ओरालोे लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार