विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सुचारु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २१:५३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/eps-school-photo-scaled-e1670927008126_UAJxbtX2Xy.jpg)
♦ मुना न्यौपाने
२७ मंसिर, काठमाडौं । तेस्रो अन्तरविद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सिर २६ गते सोमबारबाट सुचारु भएको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय ( इपिएस) द्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलले गरे । सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूह ‘ए’मा विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को–एड स्कुल, समूह ‘बी’मा एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरहेको छ ।
विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इपिएसकी प्रिन्सिपल प्रमिला सिंहले बताइन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । समूह चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ । मंसिर २६, २७ र २८ गते (सोमबार, मंगलबार र बुधबार) समूह चरण र क्वाटर फाइनलका प्रतियोगिता सम्पन्न हुनेछ ।
पुस १ गते शुक्रबार सेमीफाइनलको कार्यक्रम हुने र आगामी पुस ४ गते सोमबार फाइनल प्रतियोगिता हुनेछ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने समूहलाई विश्वकपअङ्कित टर्फी, मेडलसहित प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोकृष्ट हुने १ जनालाई बुद्ध एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रम संयोजक अनुप मुखियाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार