रुकुमकोटको पाहुना घर वरपर झाडी उम्रे, ठेकेदार सम्पर्कविहीन
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ बुधबार ०:५२:२४
२७ मंसिर, मुसीकोट । रुकुमकोट कमलपोखरीको उत्तरपूर्व केही संरचना निर्माणको काम अलपत्र छ । संरचनामा रङ लगाएर छोडिएको छ । वरपर झाडी मात्र उम्रेको छ । काठ, ढुङ्गा, बालुवा यत्रतत्र छरिएका छन् । ती भवन निर्माण भएर सञ्चालनमा आउने कुनै छाँट देखिएको छैन ।
ती संरचना निर्माण गर्न थालेको करिब छ वर्ष नै पुग्न लागि सक्यो । पाहुनाघर भनेर निर्माण थालेका ती भवनले पूर्णता पाउन सकेका छैनन् । पाहुना घर निर्माण गर्ने भन्दै दुई वटा भवन निर्माणको काम अलपत्र परेका छन् । लामो समयसम्म पनि ती भवनले पूर्णता पाउन सकेका छैनन् ।
ती भवन निर्माण छ वर्ष पुुग्नै लाग्यो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको हो । पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा भवन निर्माण अलपत्र परेको छ । विसं २०७४ असार २० मा सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना दाङको आर्थिक सहयोगमा भवन निर्माण थालिएको हो ।
गाल्भा क्याराभान जेभीले रु दुई करोड ७५ लाखमा दुई वर्षभित्र निर्माण सक्ने गरी जिम्मा लिएको आयोजनाका सव–इन्जिनियर सुधीर नेपालीले बताए । कम्पनीले त्यसयता पाँच पटक म्याद थप गरिसकेको छ । यस क्षेत्रमा घुमघामका लागि आउने पर्यटक तथा पाहुनाका लागि खान–बस्न सहज होस् भनेर यसको निर्माण थालिएको हो । दश कोठे भवनको हालसम्म ८५ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ ।
सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधनअनुसार अब एकपटक यसको म्याद थप्न पाउने व्यवस्था भए पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको सव–इन्जिनियर नेपालीको भनाइ छ । पाहुना घर निर्माणको लागि स्थानीयतहले पनि ताकेता नगरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार