हिउँको डरले उधारोमा बन्यो कर्णालीमा पुल !
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १७:६:४५
२८ मंसिर, सुर्खेत । पुल निर्माण सम्झौतापूर्व नै हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण गरिएको बताए । ुस्थानीय उपभोक्ता समितिबाट पुल निर्माण गरिएको छ,ु उनले भने, ुलिमीको हल्जी र जाङगाउँमा गाडी गुडेको देखेपछि उधारो सम्झौतामा पुल निर्माण गर्न बाध्य भएका हौँ ।ु
नदीसम्म मोटरबाटो निर्माण भइसके पनि पुल नहुँदा सडक सञ्जालमा तिलगाउँ जोडिन सकेको थिएन । अन्य गाउँमा मोटर पुगेको देखेपछि गाउँलेले हतारिँदै सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन् । गाउँलेले निर्माण गरेको २० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुलमा गाडी ओहोरदोहोर गर्न थालिसकेको छ । यसबाट गाउँले निकै खुसी भएका छन् ।
डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा सो पुल निर्माणको स्वीकृत योजना छ । पुल निर्माणका लागि ६० लाख रुपियाँ विनियोजन गरिएको छ । योजनामा परेकाले बजेट प्राप्त हुने सुनिश्चित भएपछि उधारोमै काम गरिएको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपात भएपछि चिसोले काम गर्न नसकिने भएकाले सबैको सहमतिमा पुल निर्माण गरिएको बताए ।
उनले अब डिभिजन वन कार्यालयसँग समन्वय गर्ने काम वडाले गर्ने उल्लेख गर्दै अब उपभोक्ता समितिले सो कार्यालयसँग आगामी चैत, वैशाखमा मात्रै औपचारिक सम्झौता गर्ने बताए ।
पुल निर्माणमा एक सय जना कामदारलाई संलग्न गराइएको छ । उनीहरूले १२ दिनमा पुल निर्माण सम्पन्न गरेका छन् । पुल निर्माणमा ३५ जना कामदार महिला थिए । प्रयोग गरिएका कामदारलाई रकम प्राप्त भएपछि मात्र भुक्तानी दिइनेछ । पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र निर्माण गरिएको ग्याबिनको पनि रकम उधारो नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार