मोरक्कोको जर्सी ‘सोलआउट’, समर्थन गर्ने ह्वात्तै बढे
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १७:१७:३१
२८ मंसिर, काठमाडौं । उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् ।
कतार विश्वकप सकिन केही समय मात्रै बाँकी छ । बुधबार मोरक्कोले फाइलनमा प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्दै छ । मध्यरातमा हुने दोस्रो सेमिफाइनलको विजेताले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै फाइनल पुगिसकेको छ ।
तर, दोस्रो सेमिफाइनलअघि दोहाका आइकोनिक मार्केटमा मोरक्कोको जर्सी सकिएका छन् । केहि दिनअघिसम्म प्रमुख शहरको भित्तामा झुन्डिएका जर्सी अहिले सकिएको छ । विश्वकप सुरु भएदेखि कतारमा अर्जेन्टिना र ब्राजिलको जर्सीको रंगले भरिएको थियो ।
अब भने कतारका शहरहरुमा मोरक्कोको रातो जर्सी देखिन थालिएको छ । ‘जब मोरक्कोले खेल जितेको छ । हजारौ जर्सी खरिद भइरहेका छन् । अहिले भने जर्सी सकिएको छ,’ दोहास्थित एक सुपरमार्केटका मोहमद सादिक भन्छन् ।
मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । यसअघि क्यामरुन, घाना र सेनेगल अन्तिम आठमा पुगेपछि अन्तिम चारमा पुगेका थिएनन् । समूहमा विजेता बन्दै प्रिक्वार्टरफाइनल पुगेको मोरक्कोले स्पेन र पोर्चुगललाई नकआउट चरणमा पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार