खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १७:५१:५२
२८ मंसिर, खजुरा । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । सङ्घीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ । उनले भने, “पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौं अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।”
खरको छाना विस्थापित गर्न एउटा परिवारले रु ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ । अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौँ,’ उनले भने, “खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान सुरु गरेका हौँ, ।”
हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए । गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी भएका छन् ।
खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवार बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाको तथ्याङ्क सङ्कलन पनि गरिरहेको छ तथ्याकका आधारमा सबै खरछानामुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार