प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार २०:४५:४५
२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा ५.०६ प्रतिशत मत बदर भएको जानकारी दिएएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जनाएको छ ।
त्यसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको थियो । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेका थिए ।
अन्तिम निर्वाचन परिणामअनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएकाे आयाेगले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने बाध्यकारी कानुन आउँदै
माघ १८, २०७९ बुधबार
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
पुष ३, २०७९ आइतबार
संसदमा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै
पुष १, २०७९ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार