आज राती फ्रान्स र मोरक्को भिड्दै, को पुग्ला फाइनलमा ?
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बिहिबार ०:४५:५६
२८ मंसिर, काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलिसकेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनी इतिहास रचिसकेको छ ।
यसअघिको तीन संस्करणको च्याम्पियन २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको सन्दर्भमा आफ्नो टोली त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्दा प्रशिक्षक डेसच्याम्प्स सन्तुष्ट छन् । फ्रान्सको काँधमा ठूलो अपेक्षा छ ।
यता मोरक्को पनि स्पेन र पोर्चुगललाई हराएर अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको छ । मोरक्को त्यही सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकपको इतिहासमा पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा आज राती मैदान उत्रिदै छ ।
यस्तै फ्रान्सले पनि जारी कतार विश्वकपमा समूह चरणमा अष्ट्रेलिया, डेनमार्कलाई पराजित गर्दा ट्युनिसियासँग हार बेहोरेपनि समूह विजेता बनेको थियो । प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई र क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
टोलीसँग स्टार फरवार्ड केलियन एमबाप्पेसँगै भेट्रान फरवार्ड ओलिभर जिरुडको साथ रहेको छ । यी दुईको यस विश्वकपमा गज्जवको समन्वय मिलेको छ । ओलिभर जिरुडले मोरक्कोविरुद्ध गोल गर्न सके उनी एकै विश्वकपमा पाँच गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन् ।
यता, मोरक्को विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै मोरक्कोको इतिहासमा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । यस विश्वकपमा मोरक्कोले थुप्रै इतिहास बनाइसकेको छ । मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली हो ।
मोरक्को अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल टोली हो । मोरक्कोले समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी, बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्यो । प्रि–क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा तथा क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर मोरक्कोले अन्तिम चारको यात्रा तय गर्न सफल भएको टोली हो । मोरक्कोले आफ्नो विश्वकप अपराजित दौडलाई ६ खेलसम्म लम्ब्याएको छ, जुन अफ्रिकी राष्ट्रका लागि कीर्तिमान हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार