चिसो र त्रिपालभित्रको बसाईले मुगुका पहिरो पीडितको बिचल्ली, जनजीवन कष्टपूर्ण
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बिहिबार ०:४६:३१
२८ मंसिर, सुर्खेत । गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् ।बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाईले नागरिकको जनजीवन कष्टपूर्ण बितेको छ ।
अविरल वर्षापछिको बाढी पहिरोले मुगुका झयारी, सिगाडि, घुइर, तल्लो सालिमका विभिन्न गाउँ बस्तिमा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिक बिचल्लीमा परेका छन् ।
दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।
दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइँले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।
एक साता लामो झरीका कारण छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकाका र मुगुमा कामारोग गाउँपालिकाका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुगेको थियो । भौतिक संरचनादेखि बालीनालीसम्म सखाप भएको थियो ।
पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विद्यार्थीहरू बताउँछन् । पहिरोमा परेर सालिमा गाउँमा आठ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्णरूपमा भत्किँदा अहिले पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छ्न् ।
बाढी÷पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकटक्षेत्र घोषणा त गरिएको छ तर, संकटक्षेत्रमा राहत र उद्धारको कुनै पनि हुन सकेको छैन । सोही कारणले नागरिक विचल्लीमा पर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार