कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १८:३६:३३
२९ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । आइतबार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाण्डुमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.व.राणाको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारण सभाबाट विशेष प्रस्ताबको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच मर्जर गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गर्ने निर्णय गरेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्न संचालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गरिएको बैकले जनाएको छ ।
एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मुल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गर्ने, एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रवन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा संचालक संख्या ७ जना हुने गरी र नियम २९ मा संचालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारीत गरिएको छ ।
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्व भन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्व १ अर्व भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।
कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसंग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरिटो र सरल बैकिङ सेवा दिने क्रम जारी रहने बैंकले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार