नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, अब १५ हजार भन्दा बढि स्थानबाट भुक्तानी लिन सकिने
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १९:३:९
२९ मंसिर, काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ।सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रालिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका हुन्।
सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रालि नेपाल रेमिट इन्टरनेशनल प्रालिको मुख्य प्रतिनिधि भएको छ। नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ। विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
विगत १५ वर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको कम्पनीले देशभर १० हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको छ। सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ।
प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५ हजार स्थानहरुबाट विदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार