यो वर्ष वर्डल, युक्रेन र जोनी डेप गुगल सर्चको शीर्ष स्थानमा
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २२:३२:२५
२९ मंसिर, एजेन्सी । गुगलमा सर्च गरेर यो बर्ष खोजिएका विषयमा वर्डल, युक्रेन र जोनी डेप शीर्ष स्थानमा परेका छन् ।सन् २०२२ मा गुगल प्रयोग गरेर हामीले इन्टरनेटमा के कस्ता विषयवस्तुबारे खोजी गर्यौँ भन्ने सूची गुगलले सार्वजनिक गरेको छ। विश्वमै सबैभन्दा बढी खोजी भएका कुराहरूमा केही चाखलाग्दा विषयवस्तु समावेश छन्।
वर्डल र क्रिकेट
सन् २०२२ मा गुगलमा सबैभन्दा बढी खोजी गरिएको शब्द वर्डल हो। वेबसाइटमा आधारित यो खेल सफ्टवेअर इन्जिनियर जस वर्डलले आफ्नी प्रेमिकाका लागि उपहार दिन बनाएका हुन्।
अक्टोबर २०२१ मा सार्वजनिक भएयता भाइरल हुन पुगेको यो खेल द न्यूयोर्क टाइम्सले सन् २०२२ को जनवरीमा खरिद गरेपछि झनै प्रख्यात भएको छ।
उक्त कम्पनीले खरिद गरेपछि यो खेल कसरी खेल्न सकिन्छ भनेर मानिसहरूले खोजी गरेका कारण यसको सर्च व्यापक भएको हुनसक्छ। वर्डलपछि सर्वाधिक खोजी गरिएको विषयमा क्रिकेट परेको छ।
नोभेम्बर १० तारिखमा भारत र इङ्ग्ल्यान्डबीच भएको टी-२० विश्वकपको सेमिफाइनल खेल विश्वभरि दोस्रो बढी खोजी गरिएको विषय बनेको छ। प्रतियोगितामै भारत र दक्षिण अफ्रिकाबीच भएको खेल पनि ‘शीर्ष पाँच’ खोजीका विषयवस्तुमा परेको छ।
कुन-कुन समाचार बढी खोजिए ?
यो विधामा सबैभन्दा बढी खोजी भएको विषयवस्तु युक्रेनमाथि रुसी आक्रमण रहन गयो।त्यसपछि खोजी भएका समाचारहरूमा महारानी एलिजाबेथ द्वितीयाको निधन अनि निकै ध्रुवीकृत भएका कारण चासोको विषय बनेका ब्राजिल, अमेरिका र फिलिपिन्सका निर्वाचनहरू परेका छन्।
मङ्कीपक्स भाइरसबारे चिन्ता र चासोका कारण यसबारेको समाचार पनि शीर्ष पाँच खोजी भएका सामग्रीमा पर्न सफल भयो। तर कोभिड-१९ भने शीर्ष १० को सूचीमा समेत परेन।
चर्चित कलाकारहरूको झगडा
सन् २०२२ मा हलीवुड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी अभिनेत्री एम्बर हर्डबीचको मुद्दा चर्चाको विषय बन्न पुग्यो।पूर्वपत्नीलाई अदालत पुर्याएका डेप ‘एम्बरले पनि डेपविरुद्ध मुद्दा दायर गरेकी थिइन्’ सबैभन्दा बढी खोजिएका व्यक्ति बने।
त्यसपछि बढी खोजी हुनेमा हलीवुडका अर्का प्रख्यात अभिनेता बिल स्मिथ पर्छन्। त्यसपछि बढी खोजी हुनेमा हलीवुडका अर्का प्रख्यात अभिनेता बिल स्मिथ पर्छन्।
सुपर हिरो चलचित्रकै वर्चस्व
सन् २०२२ मा सुपर हिरो रहेका चलचित्रले अपेक्षाकृत रूपमा व्यापार गर्न सकेनन् र मार्टिन स्कोर्सेज अनि क्विन्टीन ट्यारन्टिनोजस्ता प्रख्यात निर्देशकहरूले समेत ती चलचिहरूको आलोचना गरे।
र इन्टरनेटमा हुने खोजीमा भने ‘थोरस् लभ एन्ड थन्डर’ अनि ‘ब्ल्याक एडम’ अगाडि देखिए। ूटप गनस् म्याभरिकू पनि धेरै खोजी भएको चलचित्रमा पर्न सफल रह्यो। टम क्रूजको उक्त चलचित्र सन् २०२२ मा व्यावसायिक रूपमा सुपर हिरो रहेका चलचित्रभन्दा बढी सफल हुन पुग्यो।
पसुरीको चर्चा
गुगलको गुनगुनाएर खोजी गर्न सकिने फीचर ‘जसले सङ्गीत पहिचान गर्न एआईको सहायता लिन्छ’ मार्फत् सन् २०२२ मा सबैभन्दा बढी खोजी गरिएको गीत पसुरी रहन गयो।
पाकिस्तानी गायक अलि सेठी अनि शे गिलले यो गीत तयार पारेका हुन्। डिज्नी प्लसमा मिस मार्भलको एउटा शृङ्खलामा यो गीत समाविष्ट गरिएपछि यसले झन् ख्याति प्राप्त गर्यो र दक्षिण कोरियाली ब्यान्ड बीटीएसको बटर बोलको गीतभन्दा चर्चित हुन गयो। परम्परागत गीतहरूको सूचीमा पनि बढी खोजी भएका गीतहरूमा पसुरी दोस्रो स्थानमा पर्न सफल भएको छ।
टीभी कार्यक्रम
सन् २०२२ मा सबैभन्दा बढी खोजी हुनेमा ‘यूफोरिया’ नामक शृङ्खला परेको छ। ‘गेम अफ थ्रोन्स’को पूर्वभाग ‘हाउसको अफ ड्र् यागन’ बढी खोजिने टीभी कार्यक्रमको दोस्रो स्थानमा परेको छ। एमजनको ‘लर्ड अफ द रिङ्स: द रिङ्गस अफ पावर’ भने सर्वाधिक खोजी गरिएको सूचीको शीर्ष १० मा समेत अटाएन। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
ब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार