विहारमा हुन लागेको चुनावका कारण बीरगञ्ज रक्सौल नाका शिल
आबिद हुसेन
मंसिर २९, २०७९ शुक्रबार १:२७:३५
२९ मंसिर, बीरगञ्ज । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ । आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त बिहीबार दिउँसोदेखि वीरगञ्ज–रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु शिल गरिएको हो ।
पूर्व सूचना विनानै बिहिबार दिउँसोदेखि भारतीय प्रशासनले बीरगञ्ज–रक्सौल नाका अचानक सिल गर्दा स्थानीयहरुलाई सास्ती भएको छ । सवारीसाधन ओहोर दोहर नहुँदा दुवै तर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि फँसेको स्थानीयले गुनासो गरेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको हो । उनले आइतबार निर्वाचन सम्पन्न भएपश्चात मात्र नाका खोलिने जानकारी दिए ।
‘हामीलाई कुनै सूचना नै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा बिहीबार दिउँसोदेखि अचानक रोक लगायो । बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर शिल हुने भनेर सूचना प्राप्त ग¥यौँ । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं । बिहीबार रातीदेखि आइतबार साँझसम्मका लागि पूर्ण रुपले बोर्डर बन्द नै रहनेछ,’ पौडेलले भने ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार