चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ शुक्रबार १:५७:२५
२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ‘संस्थागत तथा व्यक्तिगत–नयाँ’ लिने नेपालीको सङ्ख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार