पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट दिए राजिनामा
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १६:१५:५७
१ पुस, काठमाडौं । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन् । अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ ।
पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनि सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए ।
‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ । सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई एक नम्बरमा राखेको छ । अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् ।
यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् । माउरिन्होले चेल्सीबाट तीन प्रिमियरा लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् ।
यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष निकै आलोचित भएका थिए । सान्तोष टोलीमा रहँदा पहिलो पटक युरो २०१६ च्याम्पियन रह्यो । उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो खेलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार