विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १८:२१:४३
१ पुष, सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर रहेको वडा कार्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ ।
विसं २०१८ मा स्थापना भएको यस विद्यालयको भवनमा पिपलका रुख उम्रिनुका साथै जिर्ण अवस्थामा रहेको छ । स्थानीय दिलीप प्रजापतिले भने, “पिल्लर बिनाको ८० वर्ष पुरानो विद्यालय भवन भत्किने होकि भन्ने ठूलो चिन्ता छ ।”
दश कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयमा कक्षा कोठाको समेत अभाव छ । जीर्ण भवनमा जम्मा चार कोठा छन् । त्यसैमा विद्यार्थी र शिक्षकका लागि व्यवस्थापन गरेको विद्यालयका प्रध्यानाध्यापक अयोध्याप्रसाद गौड बताउछन् । कक्षा कोठाका झ्यालका ढोका भाँचिएको अवस्थामा छन् । झयालमा जाली छैनन् । शौचालयमा पानी र ढोकासमेत छैन ।
विद्यालयमा ९० छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीले पठनपाठन गर्ने गर्दछन् । चार शिक्षकको दरबन्दी रहेको विद्यालयमा विद्यार्थीका लागि आधारभूत आवश्यकतासमेत नरहेको गुनासो छ । विद्यालयमा पठनपाठन गर्न आउने विद्यार्थी अधिकांश न्यून वर्गका रहेका छन् । यस क्षेत्रका जनप्रतिनिधिसमेत स्कुलको अवस्थाको बारेमा जानकार भए पनि वास्ता नगरेको स्थानीय मो। नसिम खानले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार