संसदमा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १९:२६:४८
१ पुष, काठमाडौं । प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व लगातार घटिरहेको तथ्यांकले देखाएको छ । २०६४ साल पछिका निर्वाचनमा प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै गएको हो । २०६४ सालको संविधान सभा निर्वाचनमा ८।४८ प्रतिशत रहेको दलित प्रतिनिधित्व आम निर्वाचन २०७९ सम्म आइपुग्दा ५।८१ प्रतिशतमा झरेको छ ।
२०७० सालको निर्वाचनबाट ६।८२ प्रतिशत दलित संसदमा पुगेका थिए भने २०७४ सालको निर्वाचनमा ६ प्रतिशतमा दलित प्रतिनिधित्व खुम्चेको थियो । आमनिर्वाचन २०७९ सम्म आइपुग्दा संसदमा ५।८१ प्रतिशत मात्र दलित समुदायको प्रतिनिधित्व कायम छ ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ३ जना दलित समुदायका उम्मेदवारले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । यसपटक एक जनाले मात्र प्रत्यक्षतर्फ चुनाव जित्न सकेका छन् । नेपालको संविधान २०७२ को समानुपातिक समावेशी सिद्धान्तको आधारमा दलित सहभागिताको अवस्था खस्किँदो छ ।
यसपटक समानुपातिकतर्फ १६ जना दलित समुदायका सांसद सिफारिस भएका छन् । जसमध्ये नेकपा एमालेबाट ६ जना, नेपाली कांग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना सांसद सिफारिस भएका छन् ।
यसपटकको प्रतिनिधिसभामा खस आर्य समुदायकै वर्चश्व देखिएको छ । ४८ प्रतिशत खस आर्यको प्रतिनिधित्व रहेको नयाँ संसदमा २४ प्रतिशत आदिवासी जनजाति समुदायका सांसद छन् भने मुस्लिम २ प्रतिशत, मधेशी १५ प्रतिशत र ५ प्रतिशत थारु समुदायको प्रतिनिधित्व छ । प्रतिनिधिसभामा महिला प्रतिनिधित्व मुस्किलले ३३।०९ प्रतिशत पुगेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने बाध्यकारी कानुन आउँदै
माघ १८, २०७९ बुधबार
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
पुष ३, २०७९ आइतबार
आमनिर्वाचनको अन्तिम परिणाम : कुन दलका कति सांसद ?
मंसिर २९, २०७९ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार