प्रचण्डको संसदीय गणितपछि कांग्रेसलाई एमालेको प्रस्ताव !
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार २०:२९:३८
१ पुष, काठमाडौं । ३२ सांसदसहित तेस्रो शक्तिमा रहेको नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुसँग ६० सांसद रहेको हिसाब देखाएपछि नेकपा एमालेले राजनीतिक स्थिरताका लागि राष्ट्रिय मुद्दाहरुमा न्यूनतम समझदारी गर्न नेपाली कांग्रेसलाई प्रस्ताव पठाएको खुलेको छ । नयाँ सरकार गठनको समीकरणबारे कांग्रेस-एमाले र एमाले-माओवादीका नेताहरुबीच चरण-चरणमा भएका छलफल पछि एमालेले कांग्रेसलाई न्युनतम समझदारीको प्रस्ताव पठाएको बताइएको छ ।
पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहेका दुई दल कांग्रेस र एमालेबीच हानाथाप चलिरहेको अवस्थामा माओवादीका अध्यक्ष प्रचण्डले नेताहरुमार्फत आफुलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार भए आफुले ६० जना सांसद लिएर आउने संदेश पठाएको बताइन्छ । तर, उनीसँग ६० सांसदको समर्थन रहने कुरामा एमाले विश्वस्त देखिएको छैन् ।
पहिलो चरणमा प्रधानमन्त्री बन्न चाहिरहेका प्रचण्डलाई देउवाले रोकिरहेका छन् । गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति भएपनि पदको बाँडफाँट भइनसकेकाले प्रधानमन्त्रीका लागि प्रचण्डले समीकरण बदल्न सक्ने आंकलन पनि सर्वत्र गरिँदैछ । कांग्रेस नेताहरुले बताए अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि गठबन्धनको समीकरण बदल्न सक्ने आशंकामा कांग्रेस नेताहरुले पनि एमालेसँग सहमतिको वातावारण बनाउने विषयमा छलफल चलाएका हुन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, नेताहरु प्रकाशशरण महत, विमलेन्द्र निधि र अन्य नेताहरुले एमाले नेताहरुसँग छलफल गरिरहेको अवस्थामा अर्जुननरसिंह केसीले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का लगायतका नेता पनि एमाले नेताहरुसँग छलफलमै छन् । दुई दिनअघि एमाालेबाट आएको प्रस्तावमाथि कांग्रेसभित्र आन्तरिक छलफल चलिरहेको एक नेताले नेपालबहसलाई जानकारी दिए । प्रस्तावमा एमालेले बाहिर बसेर कांग्रेसलाई साथ दिने पनि उल्लेख भएको उनको भनाइ छ । तर, एमालेको प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् ।
देउवा पहिलो सत्ता गठबन्धनलाई नै लिएर अगाडी बढ्ने मनस्थितिमा छन् । साताको पहिलो दिन आइतबार ओलीलाई भेटन पुगेका माओवादीका महासचिव देव गुरुङले ओलीसँग माओवादीले गठबन्धन छोड्दा ६० सीट लिएर आउने बताएका थिए । यसपछि एमालेले कांग्रेससँग न्युनतम सहमतिको प्रस्ताव गरेको बताइएको छ । दाहालले माओवादीसहित एजेन्डामा सहमत हुनेहरूसँग ६० सांसद रहेको र त्यो नै अहिलेको नेपालको राजनीतिमा निर्णायक शक्ति रहेको सन्देशसहित गुरुङलाई ओलीसमक्ष पठाएको बताइएको छ ।
माओवादीले आाफ्ना ३२, एकीकृत समाजवादीका १०, जसपाका १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति ३, जनमोर्चा १ र प्रभु साहसहित २ स्वतन्त्र सांसदको हिसाब ओलीलाई बुझाएको बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सांसदसमेत मतदाता रहने भएकाले एमाले र माओवादी मिल्दा कांग्रेसमाथि ठूलो दवाव हुने प्रचण्डको ठहर छ । संवैधानिक पद र मुख्यमन्त्रीमा पनि यसको प्रभाव पर्ने भन्दै प्रचण्डले कांग्रेसलाई दवावमा राख्न पनि यो रणनीति अगाडी ल्याएको नेतााहरुको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार