गोल्डेन बुट र गोल्डेन बलमा एम्बाप्पे र मेसीको समान अंक, कसले गर्ला चमत्कारी गोल ?
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार २२:१७:४२
१ पुष, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फूटबलको फाइनल खेल आइतबार राती हुँदैछ । पर्सि राती हुने फाइनल खेलमा यसअघिका विश्वकप विजेता अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
विश्वकपमा गोल्डेन बुटको दावेदारमा विश्वकपको उपाधि भीडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने ’गोल्डेन बुट’ अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । फाइनल खेल नजिकिदै गर्दा जारी विश्वकपमा गोल्डेन बुट र गोल्डेन बलको दौडमा कुन खेलाडी अगाडि छन् त ? भन्ने बिषय पनि खेलप्रेमीलाई चासोको बिषय बनेको छ ।
अहिलेसम्म गोल्डेन बुटका दावेदारमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे रहेका छन् । दुबैले समान ५ गोल गरिसकेका छन् । यस्तै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् । अल्भारेज र जेरुडले समान ४ गोल गरेका छन् ।
विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन् । गोल संख्या बराबर भए पेनाल्टी सुटआउटमा गोल गरेका अथवा गोलको अवसर सिर्जना गरेका आधारमा दिइने गरिन्छ । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् ।
एम्बाप्पेको कुरा गर्दा उनी लयमा हुँदा मिडफिल्डका खेलाडी दंग पर्छन । मिडफिल्डरले निकै मिहिनेतका साथ निकालेको पासमा एम्बाप्पेले सहज गोल गर्छन । जारी विश्वकपमा सोही कारण पनि गोल्डेन बुटको दाबेदार खेलाडीमा एम्बाप्पे पनि प्रमुख छन् । फ्रान्सका २३ वर्षीय युवा एम्बाप्पेले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् । नकआउट चरणको पछिल्लो दुई खेलमा गोलबिहिन र असिस्ट दिन नसकेका उनले ६ खेलबाट ५ गोल गरेका हुन् । यो सँगै हालसम्म ५ गोल र २ असिस्ट दिएका उनी मेसीभन्दा पछि परेका छन् ।
समूह चरण अन्तर्गत समूह डी रहेको फ्रान्सका लागि पहिलो खेलमा अष्ट्रेलिया विरूद्धको १ गोल गरेका उनले दोस्रो खेलमा डेनमार्क विरूद्ध दुई गोल गरे । यस्तै तेस्रो खेलमा ट्युनिसिया विरूद्ध गोल गर्न सकेनन् तर उनले दुई असिस्ट दिएका थिए । प्री क्वाटरफाइनलमा पोल्याण्डविरूद्ध २ गोल गरेका उनले इंग्ल्यान्ड र मोरक्कोविरूद्ध भने गोल गर्न सकेनन् । अब भने अर्जेन्टिनाविरूद्धको खेलले गोल्डेन बुटको तय गर्नेछ ।
यता मेसीको कुरा गर्ने हो भने सम्भवतः जीवनकै अन्तिम विश्वकप बनाइरहेका मेसीले कतार विश्वकपलाई यादगार बनाउन चाहन्छन । मेसीले जारी विश्वकपमा ५ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुट र गोल्डेन बलको दौडमा सबैभन्दा अगाडि छन् । अन्तिम विश्वकप खेलिरहेका ३५ वर्षीय मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरूद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए । समूहको दोस्रो खेलमा मेक्सिकोविरूद्ध मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । पोल्याण्ड विरूद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन् ।
अन्तिम १६ मा अष्ट्रेलिया विरूद्ध जित निकाल्दा मेसीले एक गोल गरेका थिए । क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरूद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । यस्तै सेमिफाइनलमा क्रोएसिया विरूद्ध १ गोल र १ असिस्ट दिएका छन् । ७ पटकको बालोन डी’ओर विजेता मेसीलाई यो पटक विश्वकपको गोल्डेन बुट र गोल्डेन बल जित्ने मौका छ । यसका लागि फाइनलमा फ्रान्ससँगको खेल निर्णायक हुने देखिने आम खेलप्रेमी र दर्शकले आंकलन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार