गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा असत्य होः गुरुङ
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार २२:५३:८
१ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनमा राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा नभएको बताएका छन् । उनले सत्ता गठबन्धन र त्यसमा आवद्ध दलभित्र छलफल नै नभएको विषय बाहिर आएको भन्दै अहिलेको राजनीतिक प्रणाली अनुसार गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।
मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आाएकोप्रति अपक्ति जनाउदै उनले यो विषय दलहरुको सहमति बाट नआएको बताए । संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरुङले अहिलेको व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको बतए ।
राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहीँकतै पनि कुरा नउठेको महासचिव गुरुङको दाबी छ । गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क दोहोर्याए ।
उनले भने, ‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ । अव सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिस्टमअनुकूलको भिजन होइन, दृष्टिकोण होइन । मल्टीपार्टी डेमोक्रेसीमा समाजमा रहेका विचारको आधारमा पार्टीहरु बन्छन् । त्यसकारणले विचारको आधारमा गर्ने भनेको नै सबैभन्दा वैज्ञानिक खालको विचार हो । सही पद्धति पनि हो ।’
उनले राजनीतिक पृष्ठभूमि, राजनीतिक विचारधारा, राजनीतिक मूल्य, मान्यता, आर्दशको आधारमा राइज भएका नेताहरुबाट नै मुलुकको अगुवा गर्न सक्ने भन्दै राज्यका अंगहरुको नेतृत्व पनि उनीहरुबाटै हुने बताए । गुरुङले राजनीतिक नेतृत्वहरु सीमारहित नहुने र कमीकमजोरीहरु पनि हुन सक्ने भन्दै ती कमीकमजोरीका बाबजुद्त पनि अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प नभएको र दलहरुको दलीय प्रणालीको विकल्प पनि नरहेको बताए ।
महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर संसद्मा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनको भनाइ छ ।
माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीरसमेत उनको छ । महासचिव गुरुङले मुलुकसामू चुनौती रहेकाले त्यसको सामना हुनेगरी सबै दलहरुले सहकार्य गरेर अघि बढ्नपर्ने अवस्था रहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार