भावविह्वल हुँदै मैदान छोडेका रोनाल्डो रियल म्याड्रिड पुगे
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार २२:५९:११
१ पुष, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा मंसिर महिनाको अन्तिम शनिबार नसोचेकै घटना भयो । कतारको अल थुमा रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा यसअघि कहिल्यै नभएको घटना हुँदा आम खेलप्रेमीका आँखा रसाएका थिए । सोही दिन रंगशालामा विश्वकप फूटबल प्रतियोगितामा पहिलो पटक कुनै अफ्रिकी तथा अरब मुलुक सेमीफाइनल खेल्न पाउने खुशीले गद्गद् हुँदा एउटा महान खेलाडी रुँदै बाहिरिए । यो पल सम्पूर्ण खेलप्रेमीका लागी पीडादायक मात्र भएन, सहनै नसक्ने भयो ।
त्यो उत्सव र खुशीका बीचमा एउटा महान खेलाडी भावुक भएर मैदानबाट निस्किदाँ र सम्हाल्दा–सम्हाल्दै उसले आफूलाई थाम्न सकेन र टनेलमा जोडिएका क्यामेरामा उसले आँशु पुछ्दै हिँडिरहेका दृश्य कैद भए लगतै त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । भावविह्वल भएर मैदान छोडेका ती खेलाडी समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डो थिए । हामी स्वयं र उनका समर्थकले विश्वकपबाट रोनाल्डोको बिदाईको क्षण यस्तो होला भन्ने सायदै कल्पना गरेका थिएनौं । तर सत्य यही हो की उनी रुँदै रुँदै भावविह्वल भएर मैदान छाडे ।
यता फेरि सोही दिन आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोले फुटबलमा रचेको इतिहासले अफ्रिका र अरब संसारमा खुशी हुने नयाँ बहाना दियो । रंगशालामा उपस्थित मोरक्कोका हजारौं समर्थक र मैदानमा रहेका खेलाडी र प्रशिक्षकले उत्सव मनाइरहे ।
जारी कतार विश्वकपको मैदानबाट बाहिरिएका रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर अभ्यास गरिरहेका छन् । यो खबर उनका समर्थकहरुका लागि खुशीको कुरा हो । कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड छोडिसकेका उनले रियल म्याड्रिडबाट अभ्यास थालेको खबर एजेन्सीहरुले प्रकाशित गरेका छन् ।
उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षणस्थलमा रहेको बीबीसीले जनाएको छ । रोनाल्डो रियलको प्रशिक्षणस्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेका थिए । साउदी अरेबियाको क्लब अल–नासरले ३७ वर्षीय फरवार्डका लागि ठूलो रकमको प्रस्ताव राखे पनि उनले अन्य विकल्पहरू खोजिरहेका छन् । पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले म्यानचेस्टर युनाइटेडको दोस्रो यात्रा केही समय अगाडि मात्रै टुंग्याएका थिए ।
कतार विश्वकपमा रोनाल्डोका लागि विश्वकप जित्ने अन्तिम मौका हुने अपेक्षा गरिएको थियो तर सोचे अनुसारको प्रदर्शन नहुँदा सेमिफाइनल नपुग्दै घर फर्किए रोनाल्डो । पोर्चुगलको विश्वकपबाट बाहिरिएसँगै विश्रामको सट्टा उनले प्रशिक्षणलाई ध्यान दिएकाले रोनाल्डो चाँडो भन्दा चाँडो नयाँ क्लबमा सामेल हुन तयार रहेको संकेत देखिएको छ ।
यद्यपि, उनी रियलबाट खेल्ने छैनन् । रियलमा रहँदा सर्वाधिक गोलकर्ता रोनाल्डोले ४३८ खेलबाट ४५० गोल गरेका थिए । जुन समयमा उनले चार पटक च्याम्पियन्स लिग र दुई पटक ला लिगा जितिसकेका छन् । रोनाल्डोले सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियलमा तत्कालीन विश्व कीर्तिमान बनाए र २०१८ मा युभेन्टस गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार