आन्तरिक ऋणका कारण पुषमा वित्तीय तरलता असन्तुलित हुन्छः गभर्नर अधिकारी
नेपालबहस संवाददाता
पुस २, २०७९ शनिबार १५:४:२८
२ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुष महिनामा सरकारले आन्तरिक ऋण उठाउने भएकोले बैंक तथा वित्तीय क्षेत्रमा तरलतामा दवाव बढ्न सक्ने भन्दै सचेत रहेर काम गर्न सम्बन्धित पक्षलाई सुझाव दिएका छन् । उनले पछिल्लो समय बजारमा सहज बन्दै गएको तरलताको स्थितिमा केही कठिनाइ आउनसक्ने बताएका छन् ।
अधिकारीले पुस महिना भरी तरलता दवावमा रहनसक्ने चुनौती देखिएको भन्दै मंसिर दोस्रो सातादेखि पुस दोस्रो सातासम्म सरकारले आन्तरिक ऋण उठाउन लागेको जानकारी दिएका छन् । उनले केही पुनर्कर्जाको परिपक्व अवधि सकिन लागेको र आर्थिक वर्षको दोस्रो त्रैमास भएकाले करमार्फत केही रकम सरकारी खातामा जानेलगायत कारण पुसमा तरलताको अवस्था केही दवावमा पर्ने भएकाले सजग रहन भनेका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले अहिले तरलता अभावलगायत कारणबाट निजी क्षेत्र समस्यामा परेको भएपनि यो समस्या सधैं नरहने बताए । बजारमा आइरहेका समस्याबाट निजी क्षेत्र प्रताडित भए पनि अहिले यसलाई सहनै पर्ने अवस्था रहेको बताए । उनले यो नेपालको मात्र होइन संसारभरकै समस्या रहेको र विस्तारै समस्या कम हुँदै जाने बताए ।
अधिकारीले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने भन्ने निजी क्षेत्रको चाहनाबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था देखिएको भन्दै उनले भने, ‘राज्यको प्रत्यक्ष हस्तक्षेप होस् भन्ने निजी क्षेत्रको चाहना छ । तर, त्यो कति काउन्टर प्रोडक्टिभ होला त्यसबारे सोच्न जरुरी छ । एउटा क्षेत्र सुधार्न खोज्यो अर्को क्षेत्रमा सन्तुलन बिग्रन्छ । त्यसकारण सबै कुरा एकैपटक सुधार गर्न सकिन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार