ज्येष्ठ भनिएका यादवको उमेरभन्दा १९ वर्ष जेठो नागरिकता
नेपालबहस संवाददाता
पुस २, २०७९ शनिबार १७:०:३७
२ पुष, काठमाडौं । मंसिर ४ मा भएको आम निर्वाचनको नतिजा आइसकेपछि अहिले प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गरी निर्वाचित सांसदहरुलाई शपथ खुवाउने सबैभन्दा जेठो सांसदको खोजि भइरहेको छ । २० ७४ मा पनि जेष्ठ भनिएका महिन्द्रराय यादवले शपथ गराउन पाएनन् । अहिले पनि उनको नाम सुरुमै आएको थियो । तर, नागरिकतामा मात्रै जेठो भए उमेरले भएनन् ।
महिन्द्रराय यादवको नागरिकता उनको उमेरभन्दा १९ वर्षले जेठो छ । नागरिकता अनुसार यादव ८५ वर्षका भएका छन भने उनले आफ्नो वास्तविक उमेर ६६ वर्ष मात्र भएको बताएका छन् । नागरिकता कतिवर्षको हुँदा बनाएको थियो भन्ने कुरामा यादव आफै अलमलमा छन् । कानूनतः यादवको उमेर नागरिकता अनुसार नै मानिनुपर्ने हो । तर, उनी यसलाई स्वीकार गर्न चाहदैनन् ।
यादवको वास्तविक उमेर ६६ वर्ष भए पनि उनको सरकार कामकाज भने नागरिकता अनुसार नै भइरहेको छ । उनको नागरिकताले धेरै वर्ष अगाडी देखिनै बृद्ध भत्ता खाएको देखाउँछ । तर, बृद्ध भत्ता लिएको यादवले बताएका छैनन् । यद्यपी नागरिकता अनुसार उनले भत्ता दावी गर्न भने पाउँछन् । राजनीतिक क्षेत्रमा क्रियाशील भएर पनि उनले बृद्धभत्ता नलिएको हुनुपर्छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको चुनाव भएर शपथ नखाएसम्म बैंठक सो सभाका सबैभन्दा जेष्ठ सदस्यले सञ्चालन गर्ने परम्परा छ । यसका लागि अहिले जेष्ठ सदस्यहरुको उमेर र नागरिकता मिलाउने काम भइरहेको छ । राष्ट्रपतिबाट सांसदको जेष्ठ सदस्यले शपथ लिएपछि सांसदहरुलाई उनैले शपथ गराउने चलन छ । उनले चलाएको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । त्यो समयसम्म जेष्ठ सदस्यले नै प्रतिनिधिसभाको बैठक चलाउँछ ।
निर्वाचन आयोगका अनुसार अहिले प्रतिनिधिसभामा निर्वाचित भएर आएकामध्ये राप्रपाबाट समानुपातिक निर्वाचित पशुपतिशमशेर जबरा ८१ वर्षको देखिएका छन् । यस अर्थमा उनीनै अहिलेको प्रतिनिधिसभाको सबैभन्दा जेष्ठ सदस्य बन्ने देखिएको छ । उनीपछि लोकतान्त्रिक समाजवादीबाट महोत्तरी ३ बाट निर्वाचित महन्थ ठाकुर ८० वर्ष र बागलुङ १ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि ८० वर्षकै छन् । नागरिकता अनुसार गर्दा महिन्द्रराय यादवको ८५ वर्षका छन् । तर, यहाँ नागरिकताकाो उमेर मान्य हुने अवस्था देखिएको छैन् ।
प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ । प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो । यसको तयारी पनि संसद सचिवालयले गरिरहेको छ ।
संविधानको धारा ९१ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।
सोही आधारमा संसद् सचिवालयले चुनाव जितेर र समाानुपातिकमा परेका प्रतिनिधिसभाका जेष्ठ सदस्य खोजेर उनीहरूको उमेरबारे छानविन गरिरहेको बताइएको छ । छानविनबाट जो सदस्यको उमेर बढी हुन्छ उसैले आगामी प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्नेछ । ज्येष्ठ सदस्य छनोट भएपछि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गराउने तयारी संसद् सचिवालयको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार