फिफा विश्वकप २०२२ मा क्रोएसिया तेस्रो स्थानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १३:५०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/croatia-2-1-moracco.jpg-1_IqCqU2unkY.jpg)
३ पुष, काठमाडौं । मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे । मोरक्कोको लागि अचराफ डारीले एक गोल फर्काए ।
पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।
खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे । पहिलो गोल भएको दुई मिनेट पछि नै अचराफले हेडमार्फत बराबरी गोल गरेका थिए । ४२औं मिनेटमा ओर्सिचले गोल गर्दै खेलमा क्रोएसियालाई विजयी बाटो डो¥याएका थिए ।
जितसँगै सन् २०१८ को उपविजेता क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थानमै चित्त बुझाएको छ । पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकन राष्ट्र बनेको मोरक्को चौथो स्थानमा रह्यो ।
आइतबार हुने फाइनलमा खेलमा दुई पटका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसेल मैदानमा हुने खेलमा पौने ९ बजे हुने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार