तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार ११:२१:७
आजको पात्रो : पुस ३, २०७९ आइतबार । तद्नुसार डिसेम्बर १८, २०२२ । पौषकृष्णपक्ष दशमी, बणिज करण, हस्त नक्षत्र, सौभाग्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः४८ मा हुनेछ भने सस्र्यास्त ०५ः१२ मा हुनेछ । आजका देवता ब्रह्मा र ग्रहदेव शुक्र हुन् । आइतबार सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आज कसैसँग विवाद हुने काम गर्दा साताका दिन कार्यमा असफलता प्राप्त हुनसक्छ । बिहान ११ः४० देखि १२ः११ सम्मको समय अभिजित मुर्हूत रहेको छ । यो समयमा गरेको काम राम्रो हुनेछ । सरकारी कामकाजको लागि आजको दिन शुभ रहेको छ । कुनै सरकारी काम आज शुरुवात गरियो भने साता भित्र काम सम्पन्न हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- आज स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । उत्तर दिशातर्फ यात्रा नगर्नुहोला । कसैको अहित हुने काम पनि नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- वृष राशीका जातकका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ । मनमा चिन्ता र भय हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु बेस हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सिंह राशीका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईका लागि अनुकूल रहेको छ । नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । परिवारका सदस्यले समेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- आज सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र सत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने आशीर्वादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति देषभाव नराख्नुहोला । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हटने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र दिनकोे शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा ऊर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम गर्न सक्नुहुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनको साथ सहयोग पाउनुहुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातका लागि आइतबार उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साताभित्र काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार