शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १४:३१:२७
३ पुष, मध्यविन्दु । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी ‘बर्दघाट सुस्तापश्चिम’मा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ । नवलपरासीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती , बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
“सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी ‘आगो ताप्ने’ प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउनेछ ।” उनले भने “कम्बललगायत न्यानो कपडा प्रबन्धका लागि न्यूनतम मौज्दात तयार गर्ने निर्णय गरिएको छ ।”
शीतलहरबाट बच्ने उपायका बारेमा सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडकयात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।
त्यसैगरी विद्यार्थीको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टिकर टाँस्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा विपद् प्रभावित २० परिवारलाई वितरण गरिएको रु ९२ हजार अनुमोदन गरेको छ । शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले दैवीप्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला सङ्घसंस्थालाई आग्रह गरे।
शीतहलरबाट बच्नका लागि न्यानो कपडाको व्यवस्थापन, शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबस्ने, बस्नुपरे न्यानो कपडा लगाउने, घर बाहिर सुत्दा छाती तथा टाउको ढाकेर सुत्दा चिसोबाट जोगिनसक्ने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव ‘रुदल’ले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
माघ १४, २०८१ सोमबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार