गण्डकीमा नयाँ सरकार गठनको कसरत सुरु, १५ दिनभित्र संसदको बैठक डाक्ने तयारी
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १६:३२:७
३ पुष, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रत्रिया सुरु गर्न लागिएको छ । संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्ने भएकाले त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ । प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ । यसको लागि तयारी भइरहेको छ ।
२८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो । त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनभन्दा अगाडी प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा जेष्ठ उमेरका ब्यक्तिले बैठकको अध्यक्षता गर्ने छ ।
शनिबार निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको अन्तिम नतिजा प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् । अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएसँगै औपचारिक रूपमा सरकार गठनको बाटो खुलेको छ । गत चुनावबाट गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो पार्टी बनेको छ भने २२ सिटसहित एमाले दोस्रो तथा आठ सिटसहित माओवादी तेश्रो पार्टी बनेको छ । समानुपातिकबाट इन्ट्री मारेको राप्रपाको दुई सिट छ भने दीपक मनाङे (राजीव गुरुङ) स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा गएपछि उक्त पार्टीको उपस्थिति पनि प्रदेश सभामा हुने भएको छ ।
संविधानअनुसार निर्वाचनको नतिजा घोषणा भएको ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने छ । कसैको पनि बहुमत नपुगेका कारण यहाँ दुई वा सो भन्दा बढी पार्टी मिलेर नै सरकार बन्नेछ । संविधानको धरा १७६ (१) बमोजिम बहुमत पुगेको पार्टीको नेता मुख्यमन्त्री हुनेछन् । यहाँ बहुमत नपुगेका कारण उपधारा (२) बमोजिमको सरकार बन्ने छ ।
उक्त उपधाराबमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दावी गर्न सक्ने प्रदेश सांसद मुख्यमन्त्री बन्ने छन् । उसले उपधारा (४) बमोजिम विश्वासको मत लिने छ । यदि यो उपधाराअनुसार पनि सरकार बन्ने अवस्था नरहे प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिने छ ।
नियुक्ति पाएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । उपधारा (५) मा अघिल्ला तीनवटै उपधाराअनुसार मुख्यमन्त्री नबनेमा वा विश्वासको मत नपाएमा प्रदेश सभामा रहेका कुनै सांसदले बहुमत सहित मुख्यमन्त्री दावी गरे उनै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । उसले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उपधारा (५) अनुसार पनि मुख्यमन्त्री नियुक्त हुन नसके वा विश्वासको मत नपाए प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।
यसको अर्थ पुस महिनाभरिमा नयाँ सरकार आइसक्ने छ । अबको १५ दिनभित्र संसदको पहिलो बैठक बस्ने छ । त्यसअघि नै सपथ हुनेछ भने पहिलो बैठक बसेको १५ दिन अर्थात् पुसभरिमा सभामुख र उपसभामुखको निर्वाचन भइसक्ने छ ।
गण्डकीमा दलहरू सरकार गठनको कसरतमा जुटिसकेका छन् । कांग्रेस नेता भोजराज अर्याल, सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, र महेन्द्रध्वज जिसी मुख्यमन्त्रीको रेसमा छन् । यस्तै, सत्ताघटकबाटै माओवादीका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दावी गरेका छन् । यहाँ कांग्रेस र माओवादीको समिश्रणबाट सरकार बन्ने सम्भावना प्रवल छ । यद्यपि केन्द्रीय राजनीतिको निर्णयबाट यहाँको कोर्स चेन्ज हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार