विश्वकपको फाइनल खेल आज : फ्रान्स लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १६:४२:२६
३ पुस, काठमाडौं । कतार फिफा विश्वकप फुटबलको फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन् १९९८ र सन् १९८४ मा च्याम्पियन भएको थियो ।
लियोनल मेसी ‘अर्जेन्टिना’
कतार विश्वकपमा सबैको नजर लियोनल मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन् । ३५ वर्षीय मेसीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी तीन असिस्ट उपलब्ध गराएका छन् । मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका छन् । जसमा तीन गोल पेनाल्टीमा सम्भव भए ।
अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेसी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका छन् । जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ । मेसीले अर्जेन्टिनाबाट एक सय ७१ खेलमा ९६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेन ९पिएसजी० मा व्यावसायिक फुटबल खेलिरहेका मेसी सन् २०१८ मा समेत सेमिफाइनल पुगेर उपाधिबाट विमुख भएका थिए ।
केलियन एम्बाप्पे ‘फ्रान्स’
युवा स्ट्राइकर केलियन एम्बाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन ९पिएसजी० का यी खेलाडीले पाँच गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् । साबिक विजेता फ्रान्सका २३ वर्षीय एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्टे«लियाविरुद्ध एक गोल गरेका थिए ।
एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एम्बाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एम्बाप्पे लगातार दुई विश्वकप जित्ने संघारमा छन् । जुन यसअघि ब्राजिल र इटालीले जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार