जापानी ग्रान्ड मास्टर शिनको ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १६:५७:३९
३ पुष, काठमाडौं । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ । नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा तेक्वान्दोबारे इतिहास समेटिएको छ ।
पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यसमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरूको भूमिकाबारे चर्चा गरिएको छ । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने पुस्तकमा रोचक जानकारी दिइएको छ ।
क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगेडियर जनरल डा। सुधा सेन मल्ल, लेफ्टिनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र इन्द्र गुरुङ चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्यहरू हुन् । नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडियर जनरल डा. मल्ल हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जेके शिनले गरेको योगदान सदैव अविस्मरणीय रहने बताए । ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ । तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरूको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने ।
पूर्वमन्त्री केशरबहादुर विष्टले जेके शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । नेपाल तेक्वान्दो एसोसिएसनका उपाध्यक्ष एवं पूर्वमन्त्री किसान श्रेष्ठले यस खेलको विकासका लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
चिफ ग्रान्ड मास्टर जेके शिनले नेपालमा मार्सल आट्र्सले जीवनलाई सधैँ ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालीन समयमा जुन स्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो, त्यसमा आएको ह्रासप्रति चिन्ता ब्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार