इतरसमूहबाट शेखरलाई दलको साझा उम्मेदवार बनाउने पहल सुरु

नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १८:४६:५७

३ पुष, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेपाली कांग्रेसमा संसदीय दल नेताको चुनाव गराउने तयारी गरेपछि संस्थापन इतरसमूहले नेता डा.शेखर कोइरालालाई साझा उम्मेदवारका रुपमा अगाडी सार्ने तयारी गरेको छ । संस्थापन इतरसमूहबाट साझा उम्मेदवार बनाउनका लागि नेताहरु एक आपसको छलफलमा जुटेका छन् ।
इतरसमूहको साझा उम्मेदवारका लागि कांग्रेस उपसभापति धनराज गुरुङलगयतका नेताहरु विहानैदेखि छलफलमा रेको बताइएको छ । गुरुङले गण्डकी र लुम्बिनी प्रदेशका नेताहरुसँग इतरसमूहबाट डा. शेखरलाई साझा उम्मेदवार बनाउनुपर्ने भन्दै भेटघाट बढाएका छन् ।
यसै प्रशंगमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनवीच पनि आज छलफल भएको छ । इतरसमूहबाट डा. शेखर र महामन्त्री गगनकुमार थपा आकांक्षी छन् । उनीहरुबीचमा पनि सहमति कायम गराउने प्रयास सुरु भएको छ ।
छलफलमा भरसक डा. कोइरालाका पक्षमा माहोल बनाउने गरी थापासँग इतरसमूहका सबै नेता बसेर कुराकानी गर्नुपर्ने सुझाव आएको नेताहरुले बताएका छन् । अहिलेको छलफल संसदीय दलको निर्वाचनको बारेमा केन्द्रित रहेको लुम्बिनी कांग्रेसका सभापति पुनले नेपाल बहसलाई जानकारी दिए । उनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न सबैसँग आग्रह गरिएको बताए ।
पुनले संसदीय दलको नेता जो आए पनि कांग्रेसबाटै आउने भएकाले आफुले यो र उ पक्षको नभने पनि आफ्नो समूहलाई एक बनाउनका लागि पनि छलफल हुन अवश्यक रहेको बताए । उनले संस्थपन समूहबाट पनि साझा उम्मेदवार नै आउने भएकाले हाम्रो पक्षबाट पनि साझा उम्मेदवार जाओस भन्ने आफ्नो व्यक्तिगत धरणा रहेको बताए । एक समूहबाट एक उम्मेदवार र अर्को समूहबाट धेरै उम्मेदवार हुँदा बाहिर राम्रो संदेश नजाने उनको भनाइ छ ।
साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिए । उनले राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा पनि एकसाथ छलफल हुनुपर्ने बताए । इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । दुबै नेताले प्रस्पिर्धा गर्दा इतरसमूहकै भोट काटिने भन्दै सझा उम्मेदवारका लागि छलफल चलाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार