विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रों कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १९:९:२८
३ पुष, अर्जेन्टिना । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएको छ ।
आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उनले भने, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्वीटरमा लेखेका छन् ।
कतारको खलिफा रङ्गशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।
रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खोलाडी कोरोना भाइरसबाट प्रभावित भएको छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।
इएसपीएनका अनुसार राफेल भारानमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किसकेको छैन ।
वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडीले अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सकेको थिएन । डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी परेको र शुक्रबारको अभ्यास गर्न सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार