रुपन्देहीमा मेला र महोत्सवको रौनक
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २०:८:११
३ पुष, रुपन्देही । कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसायको प्रवद्र्धनका लागि रुपन्देहीमा विभिन्न क्षेत्रमा मेला र महोत्सव आयोजना गरिएको छ । यस वर्ष जिल्लामा रहेका उद्योगी व्यवसायीका संस्थाले महोत्सवको आयोजना गरेका हुन् ।
जिल्लामा मेला हेर्न छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट पनि सर्वसाधारण आउने गरेका छन् । अहिले भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) चलिरहेको छ । बुटवलमा पुस ७ गतेदेखि १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुँदैछ भने तिलोत्तमामा गत बुधबार मात्रै तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।
रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार संघ र बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलमा आलोपालो मेला तथा महोत्सवको आयोजना गर्दै आएका छन् । कोरोनापछि सुस्ताएको व्यापार व्यवसायमाथि उठ्न यी मेला र महोत्सव सफल हुने विश्वास आयोजकको छ ।
लामो समय कोरोनाको प्रभाव रहनु र बैंकको चर्को व्याजदरका कारण समस्यामा रहेका उद्योगी व्यवसायीलाई केही भए पनि राहत मिल्ने उद्योग बाणिज्य संघ शिद्धार्थनगरका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको विश्वास छ ।
आर्थिक मन्दीले विगतका वर्षमा जस्तो धेरै कारोबार हुन नसके पनि व्यापार व्यवसाय प्रवद्र्धन हुने र स्थानीय उत्पादनको प्रचार हुने कोषाध्यक्ष गोविन्द ज्ञवाली बताउछन् ।
सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष सहआयोजक रहेको मेलाको प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौँ र पर्यटन विकास परिषद लुम्बिनी छन् ।
महोेत्सवमा कृषि, खाद्यान्न, लत्ताकपडा, घरेलु तथा साना उद्योगको उत्पादन, पर्यटन, अटोमोबाइल्ससँग सम्बन्धित २५० स्टल छन् ।
भैरहवाको महोत्सव पुस ४ गते सकिएलगत्तै बुटवलमा ‘सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूलनाराका साथ १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी गरिएको छ ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को आयोजना गरिएको हो ।
रूपन्देही उद्योग सङ्घको आयोजनामा बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा प्रदर्शनीको आयोजना गरिएको छ । सङ्घका अध्यक्ष तथा प्रदर्शनी मूलआयोजक समितिका संयोजक माधवप्रसाद पौडेल प्रदर्शनी अघिल्ला वर्षमा भन्दा पृथक बनाउने योजनाका साथ काम भइरहेको बताउछन् ।
उनका अनुसार विसं २०३५ मा उद्योगीको हकहित संरक्षण र सम्वद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले रुपन्देही उद्योग सङ्घको स्थापना भएको थियो । सङ्घले राजधानी काठमाडौँ बाहिर प्रथम पटक विसं २०४५ मा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो ।
बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सुरु हुनुभन्दा अगाडि सम्पन्न गर्नुपर्ने कामका लागि गठन गरिएका उपसमितिको दैनिकजसो बैठक बस्ने, योजना बनाउने र समीक्षा गर्ने काम भइरहेको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारी बताउछन् ।
प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिइएको छ । प्रदर्शनीस्थलमै ठूला उद्योगका उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने गरी छुट्टै स्टल क्षेत्र निर्माण गरिएको मूल समितिका सहसंयोजक एवं स्टल दर्ता उपसमितिका संयोजक दिलीप सापकोटा बताउछन् ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टल रहने छन् ।
गत बुधबार मात्रै रु १५ करोड आर्थिक कारोबार गर्दै तिलोत्तमाको मणिग्राममा आयोजना गरिएको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सकिएको छ ।
पाँच लाख पाँच हजार दर्शक एवं उपभोक्ताले महोत्सवको अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष प्रेम जीएम बताउछन् । गत मंसिर १५ गतेदेखि सुरु भएको महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, मम्मी डान्स, कुस्ती प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
तिलोत्तमा उद्योग व्यापार सङ्गठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग वाणिज्य सङ्घ तिलोत्तमाको सहआयोजनामा भएको महोत्सवमा दुई सय ४१ स्टल सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार