एमालेसँग सरकार बनाउने जनादेश छैन, गठबन्धन कै हुन्छः महासचिव पोखरेल
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २०:४०:७
३ पुष, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले यो प्रक्रियामा पार्टी नलाग्ने बताएका छन् । नयाँ सरकार गठनका लागि एमाले गृहकार्यमा लागेको समाचार आइरहेका बेला उनले एमाले भन्दा सत्ता गठबन्धन सरकार गठनको सहज अवस्थामा रहेकाले प्रतिपक्ष कै भूमिकामा रहने बताएका छन् ।
आइतबार उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रममा सम्बोधन गदै महासचिव पोखरेलले सत्ता गठबन्धन सरकार गठनमा लागेकाले अबको प्रधानमन्त्री पनि उसैले तय गर्ने बताए । जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने भएकाले यो वा उ प्रधानमन्त्री भन्ने खेलमा पनि पार्टी नेतृत्व नलाग्ने बताए । एमालेको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हल्ला चलिरहेको बेला उनले कसैलाई प्रधानमन्त्री बनाउन एमालेले टाउको नदुखाउने बताएका हुन् ।
उनले भने,‘ अहिले जनताले एमालेलाई सरकार गठनको जनादेश दिएका छैनन् । प्रतिपक्षdf बसेर हेर भनेका छन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट प्राप्त नगरे पनि उ सरकारको गठन नजिक छ । सत्तास्वार्थको सौदाबाजीमा अल्मलिरहेकाले गठबन्धनको प्रधानमन्त्री को भन्न सकिने अवस्था अहिले छैन् । गठबन्धनको नीति र उद्देश्यबारे उनीहरु नै प्रष्ट देखिएका छैनन् । न्युनतम राष्ट्रिय एजेण्डामा सहमतिका साथ अगाडी बढ भन्ने हाम्रो भनाई हो ।’
पोखरेलले गठबन्धन राष्ट्रको चुनौती सामना गर्ने विषयमा असफल रहेको बताउँदै गठबन्धन ‘स्वार्थहरूको झुन्ड’ भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे । पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको दावी गरे । समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको उनले बताए ।
अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर उनी यो निर्वाचनको नायक भएको दावी पोखरेलको थियो । निर्वाचनमा एमालेका अध्यक्षलाई चौतर्फी घेराबन्दी गरिएको तर, उनै मेन अफ दी इलेक्सन बनेको भन्दै एमाले धेरै जिल्लामा ‘क्लिन स्वीप’ गर्ने पार्टी बनेको समेत दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार