समर्थन मूल्यमै किसानसँग धान खरिद गर्दै सरकार
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २१:१३:४
३ पुष, दोधारा ‘चाँदनी’ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए ।
कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए । “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “अहिलेसम्म एक सय ५१ क्विन्टल धान खरिद गरिसकेका छौँ भने बाँकी धान आउनेक्रम जारी छ ।” उहाँले सरकारले धानको मूल्य समयमै तोकेको भए पनि निर्वाचनलगायतका कारणले ढिलो भएको बताए ।
यता किसानले भने आफूहरु विगतदेखि नै मारमा पर्ने गरेको गुनासो गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६ का हरिकृष्ण भट्टले सरकारले समयमै धान खरिद नगर्दा किसानलाई भण्डारण गर्न समस्या हुने गरेको बताए ।
“सरकारले समयमा खरिद गर्दैन किसानबाट व्यापारीले धान सस्तोमा खरिद गरेर महँगोमा बेच्छ”, उनले भने, “हामीसँग भण्डारण गर्ने क्षमता हुँदैन धान बिग्रिने सम्भावना हुन्छ ।” उनले सरकारले बिचौलियालाई निरुत्साहित गर्न पनि किसानको धान समयमै खरिद गर्नुपर्ने बताए ।
त्यसैगरी अर्का किसान सेटसिंह रानाले सरकारले धान भित्र्याउने बेला नै धान खरिद गर्दा किसानलाई फाइदा पुग्ने बताए । “धान बिक्री गरेर आएको पैसाले हामीले गहुँखेती गर्नुपर्छ सरकारले धेरै ढिलोगरी धान खरिद गर्छ”, उनले भने, “बाहिर मिलमा बेच्दा हामीले मूल्य पाउँदैनौँ ।”
कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमासमेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ । सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री
पुष १७, २०८१ बुधबार
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
पुष १६, २०८१ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार