प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा यी पाँच नेता !

नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २२:३६:२१

३ पुष, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचको अन्तम नतिजा सार्वजनिक गरेपछि आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने चर्चा र चलखेल यतिबेला राजनीतिकको मूल विषय बनेको छ । प्रधानमन्त्रीको आश्वासनमा निर्वाचन अघि बनेका गठबन्धन भत्काउने र जोड्ने खेल पनि चलिरहेका छन् । तर, एकल सरकार बनाउने हैसितमा कोही पनि छैनन् ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा प्रधानमन्त्रीका आकांक्षी धेरै भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतापटिको प्रधानमन्त्रीको वार्गेनिङ कायमै राखेर विकल्पका रुपमा एमालेति ढल्किएका छन् । दुइ वर्ष अघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कित्ताकाट गरेर कांग्रेसतिर आएका प्रचण्ड फेरी प्रधानमन्त्रीका लागि सम्बन्ध विस्तारमा जुटेका छन् ।
एमालेले पनि प्रचण्डलाई कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रचण्डलाई बाहिर निकाल्ने कसरत गरिरहेको छ । प्रचण्डलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने ओलीको रणनीति केहो भन्ने अहिलेसम्म खुलेको छैन् । सरकार बनाउने विषयमा एमाले र कांग्रेसबीच पनि प्रस्तावहरु आदानप्रदान भइरहेकाले उनीमा एमालेको रणनीति यसै भन्न सकिने अवस्थामा छैन् ।
यद्यपी प्रचण्ड प्रधानमन्त्री कसरी हुने भन्ने विषयमा नै नेकपा एमाले र नेकपा माओवादीका नेताहरूबीच छलफल भलिरहकै छ । यसका लागि एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुव्बा गुरूङ खटिएका छन भने माओवादीबाट उपध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ खटिएकाछन् । छलफलमा एमाले पक्षको प्रचण्डले गठबन्धन छाड्नुपर्ने सर्त राखेको छ भने माओवादीले जसरी हुन्छ प्रचण्डलाई प्रधानमन्त्री ।
यस विषयमा केही दिनदेखि वार्ता चलिरहेको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि प्रचण्ड निवास खुमलटार पुगेका उनलाई भेटेका छन् । उनको भेटको आसय फरक भएको बताइन्छ । शुभकामनाकै लागि भएपनि एमाले नेतााको खुमलटार पुग्ने काम बाक्लिएको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेलले प्रचण्डलाई भेटेर वाम गठबन्धनको लागि प्रयास पहल गर्नुपर्ने ओलीको सन्देश यसअघि नै पुर्याएका थिए । एमालेसँग आफुलाई प्रधानमन्त्रीमा सहमति गराउन प्रचण्डले श्रेष्ठ र गुरूङलाई बालकोट पनि पठाइरहेकै छन् ।
अहिले चलिरहेको दुई पक्षका नेताको छलफलमा माओवादीसहित एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको पनि हिसाव राखिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एस ओलीसँग मिल्छ या मिल्दैन यो पनि छलफलकै विषय छ । जसपा अध्यक्षले एमालेसँग नरहने बताएदै आएका छन् । उता, एमालेभित्रै अध्यक्ष ओलीको किचेन क्याविनेटमा पनि एकमत देखिएको छैन् । महसचिव शंकर पोखरले र प्रदीप ज्ञावाली लगायतका नेता अर्कै पक्षमा छलफल चलाइरहेका छन् ।
अध्यक्ष ओलीले माओवादीका नेताहरुले बाक्लो भेटघाट गरिरहेको अवस्थामा आगामी सरकारका लागि उनैले कांग्रेस सामू न्युतम राष्ट्रय एजेण्डामा सहमति गरेर जानुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्दा एमालेको बाहिरि समर्थन रहने प्रस्ताव गरेका छन् । यो प्रस्ताव पनि एमाले नेताहरुले नै लगेका हुन् । अझै पनि सरकार बनाउने विषयमा एमालेले मुख खोलेको छैन् । ओलीको मौनतामा बनिरहेका यी दुई डिजाइनमध्ये कुन सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार