विश्वकपको ट्रफी उचाल्न मेस्सी र एमबाप्पेको भीडन्त, गोल्डेन बुटको पनि दावी
नेपालबहस संवाददाता
पुस ३, २०७९ सोमबार ०:४:१
३ पुष, काठमाडौं । आइतबार आज राती कतारमा जारी फिफा विश्वकप फूटबलको फाइनल खेल हुँदैछ । जारी विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्सबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रदैछन् । खेल हुने समय नजिकिदै जाँदा यता सामाजिक सञ्जाल फेसबुकमा कसले विश्वकपको उपाधि उचाल्ने भन्ने अडकलबाजी हुन थालेको छ ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।
आफ्नो ‘फुटवर्क’ ले सारा फुटबलप्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही पनि लालायित हुनेमा दुईमत छैन। अझ त्यही खेलले मेसीलाई विश्व च्याम्पियन बनाउन सक्छ भने त्योभन्दा अद्भूत क्षण के होला ?
तर उपाधि जित्नका लागि मैदानमा लड्न पर्छ, विपक्षीको पोस्टमा गोल हानेर खेल जित्न पर्छ। मेसीका लागि बिदाइ खेल सहज छैन। अर्जेन्टिनाले प्रतियोगिताकै सबैभन्दा बलियो टीम अझ साविक विजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ।
यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानकाे दाैडमा रहेको छ । टीममा विश्वकपका नाम चलेका प्रतिभाशली खेलाडीको जमघट छ। अझ अहिलेका युवा स्टार केलियन एमबाप्पे टीममा छन्।
मेसीलाई झैं एमबाप्पेलाई पनि यो विश्वकप उतिकै महत्वपूर्ण छ। उनी बल्ल २३ वर्षका भए । १९ वर्षको उमेरमा चार वर्षअघि रसियामा विश्वकपको ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेर अर्को ट्रफी उचालेर इतिहासमा आफ्नो स्वर्ण अक्षरले लेख्न चाहन्छन्।
त्यो इतिहास लेख्नका लागि एमबाप्पेमा क्षमता पनि छ। एमबाप्पेको सबैभन्दा ठूलो हतियार उनको गति हो। उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ। उनी लगभग ३५ किलोमिटर प्रतिघण्टाको औसत गतिमा दौडन्छन्।
जसका कारण पनि आज राती हुने विश्वकपको फाइनल खेलको भिडन्त अविमस्णीय हुँदैछ। तर उपाधि कसले आफ्नो पोल्टामा पार्ला भनेर चाहि खेल समय अवधिभर हेर्नुपर्ने हुन्छ । के मेस्सीले अर्जेन्टिनासँग विश्वकप जित्न सक्छन् वा एम्बाप्पेले फ्रान्सलाई लगातार दोस्रो विश्वकपको उपाधि दिलाउन सक्छन् ? यही विषय सामाजिक सञ्जालमा दोहोरी जस्तै चलेको छ ।
मेसीले आफ्नो लागि विश्वकप जित्ने अन्तिम अवसर भएको भनिरहदा एमबाप्पेले आफ्नो लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने बताएका छन्। जारी विश्वकपमा दुवैले पाँच-पाँच गोल गर्दै गोल्डेन बुटको लागि अग्रपंक्तिमा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार