बैंकहरुमा थुप्रियो निक्षेप, ब्याजदर विवादले भएन कर्जा विस्तार
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १७:४८:२९
४ पुष, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा संकलित निक्षेपको अनुपातमा कर्जा विस्तार नहुँदा अर्को समस्या देखिएको छ । ब्यादरको विषयमा चलेको विवाद अन्त्य नभएकाले कर्जा लगानी सुस्ताएको बैंकरहरुको भनाइ छ । यतिबेला निक्षेपको अनुपातभन्दा कर्जा प्रवाहको अनुपात कसिलो हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन् । बैंक र व्यापारीबीच विवाद चलिरहकै छ ।
चाडवाड र निर्वाचन पछि मंसिर महिनामा वाणिज्य बैंकहरुमा कुल ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर मसान्तसम्म आउँदा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
मंसिरको अन्तिम साता मात्रै २३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । निक्षेपमा सामान्य सुधार देखिँदा कर्जा विस्तार भने सुस्त देखिएको छ । मंसिर महिनाभर थप २ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा मंसिर मसान्तसम्म ४२ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । कात्तिक महिनामा पनि २ अर्ब मात्रै कर्जा विस्तार भएको थियो ।
पुस मसान्तमा कर भुक्तानी, लाभांश–बोनसका पैसा पनि क्रमशः बाहिरिँदा कर्जा लगानी क्षमता कसिलो हुन सक्ने बैंकरहरु बताउँछन् । मंसिरमा बैंकले निक्षेपको ब्याजदरलाई यथावत् राखेका थिए । यसैले निक्षेपमा आकर्षण पनि कात्तिककै जस्तो रहने देखिएको हो । यता बैंकको कर्जा निक्षेप अनुपात औसत ८७.१९ प्रतिशत रहेको थियो । मंसिर पहिलो सातामा आइपुग्दा सिडी रेसियो झन् खुकुलो भएर ८६.९१ प्रतिशतमा सीमित भएको थियो ।
यसले कर्जा दिने क्षमता केही खुकुलो भएपनि जान सकेको छैन् । नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सिडी रेसियो ९० प्रतिशत हुनैपर्ने व्यवस्था गरेकाले यतिबेला बैंकले ३.५ प्रतिशतको कुसन राखेको बताइन्छ । हरेक बैंकले सिडी रेसियो १–२ प्रतिशतको कुसनमा राखेर बस्न जरुरी भएकाले बढीमा ८७ प्रतिशत सिडीलाई राम्रो मान्न सकिने बैंकरको भनाइ छ । असोजको तुलनामा कात्तिक मसान्तमा बैंकको कुल कर्जा प्रवाह १ अर्ब २६ करोडले बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार