सवारी दुर्घटनाः २४ घण्टामा ३ को मृत्यु, १४ जना घाइते
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १८:४८:३७
४ पुस, काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रुपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।
बाराको निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा खादा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडी सवार २७ वर्षिय रितबहादुर राई रहेका छन् । दुबैको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ । आइतबार साँझ ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनिनियन्त्रित भई ठक्कर खाएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
झापाको मेचीनगर नगरपालिका १३ चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार ईलाम रोङ–६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन । ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई आइतबा राति बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै ट्याक्टरमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको से.२ त. ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाँदा ५५८७ नम्बरका मोटरसाईकल चालक शुक्लाफँटा नगरपालिका ८ का ३० वर्षीय कृष्ण साउँदको निधन भएको हो ।
काठमाडांैको कीर्तिपुर नगरपालिका १० मा सोमबार बिहानै मोटरसाइकल अनियन्त्रित भै पल्टिँदा २ जना गम्भीर घाइते भएका छन । घाईते मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ९ नगाँउ बस्ने २१ वर्षीय सौरभ ढकाल र पछाडी सवार २२ वर्षीय रोहित महर्जनको राष्ट्रिय ट्रमा सेन्टरबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । सोमबार बिहानै पौने ३ बजे बा ८५ प ६१ ८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुबै जनाले मादक पदार्थ सेवन गरेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १० कालिकानगरमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रुपन्देहीको तिलोतमा नगरपालिका ३ का ५० वर्षीय ओमबहादुर सारु रहेका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको छ । आइतबार राति पौने ८ बजे लु २९ प ३६२८ नम्बर स्कुटरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय वुटवलले जानकारी दिएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका बैरिया चोकमा दुई मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलयात्री सप्तरीको खड्क नगरपालिका ११ लालापुरका ५० वर्षीय सुकरैत राम र मोटरसाइकल चालक सप्तरीकै शम्भुनाथ नगरपालिका ९ बजरहटका ३० वर्षीय प्रमोद मुखिया रहेका छन् । घाईते दुबैको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भइरहेको छ । आइतबार राति बेलुकी साढे ७ बजे मुखियाले चलाएको भारतीय नम्बरको मोटरसाईकलले सुकरैत सवार साइकललाई ठक्कर दिएर पल्टिएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जानकारी दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिट नजिकै मोटरसाईकलले चौपायालाई ठक्कर दिएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ५ का ४५ वर्षीय रुद्र भट्टराई छन् । उनको माया नर्सिङहोममा उपचार भरहेको छ । आइतबार साँझ सवा ६ बजे रुद्रले चलाएको भे २ प २३८५ नम्बरको मोटरसाइकल चौपायालाई ठक्कर दिएर पल्टिएको प्रहरी चौकी सुब्बाकुनाले जानकारी दिएको छ ।
सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुने मोटरसाईकल चालक मोरङ घर भएका ४० वर्षीय भक्तबहादुर खड्का छन् । घाइते उनलाई उपचारको लागी कोशि अस्पताल पठाईएको छ । को ३० प ९६४५ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई आइतबार बेलुकी पौने ८ बजे पल्टिएको थियो ।
उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश २–०१–००१ च ०० ५० नम्बरको बोलेरो सोमबार बिहान पौने ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका मध्ये उदयपुरको ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारको लागी कटारी अस्पताल पठाइएको छ । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार