कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड कायम
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १९:३१:५०
४ पुष, दोहा । कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ ।
आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।
कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । सन् २०२२ को विश्वकपमा १७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो ।
स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए ।
सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ ।
फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ ।
एम्बाप्पेलाई गोल्डेन बुट, मेस्सीलाई गाल्डेन बल
कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले सुनौलो जुत्ता (गोल्डेन बुट) पाएको छ । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएको छ ।
दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
विश्वकपका सात खेलमा आठ गोल गरेका पेरिस सेन्ट जर्मेइन (पीएसजी)का २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जित्न सफल भएको छ । मेस्सी विश्वकप कै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो । अर्जेन्टिनाले फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेको थियो ।
अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएको छ ।
फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको ‘गोल्डेन ग्लोभ्स’ पाएको हो ।
अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएको छ । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा दुईसहित कूल ७ गोल गरे भने तीन गोलका लागि सहयोग गरेको थियो । खेलमा मेस्सीको जादुले अर्जेन्टिनासँग खेलेका सबै टोलीलाई तर्साएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार