कांग्रेस संसदीय दलको चुनाव ६ गते, प्रतिस्पर्धामा देउवा,शेखर र गगन

नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १९:३३:५९

४ पुष, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य छन् ।
संसदीय दलको नेताका आकांक्षी धेरै भएकाले अहिले भरसक सहमति गराउने प्रयासमा समिति लागेको छ । तर, सहमतिको सम्भावना देखिएको छैन् । सहमति हुन नसके बुधबार चुनाव गराउने समतिको तयारी छ । संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् ।
संसदीय दल नेताका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा एक्ला उम्मेदवार हुन् । उनलाई चुनौती दिने घोषणा धेरै समयअघि नै महामन्त्री गगन थापाले गरेका थिए भने अहिले संस्थापन इतरसमूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला पनि अगाडी आएका छन् ।
इतरसमूहबाट कोइराला र महामन्त्री थापाबीच पनि संसदीय दलको को उठ्ने भन्न सहमति भइसकेको छैन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका कोइरालाको प्यानलबाटै थापाले लोकप्रिय मतका साथ महामन्त्री जितेका थिए । कोइरालाले पछिल्लो पटक उम्मेदवार दिने मनस्थिति बनाएका छन् । कोइरालालाई उम्मेदवार नबनाउँदा आफ्नो प्रभाव घट्ने र गगनलाई नेता मान्नुपर्ने भन्दै इतरपक्षका केही नेताको साझा उम्मदेवार बनाउने प्रयासमा छन् ।
संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउने प्रयत्न जारी राखेका नेताहरुले दुइटा उम्मेदवार बन्दा पार्टीभित्र आफ्नो स्थिति अझै कमजोर हुने भन्दै दुवै नेता एकठाउँमा आउनुपर्नेमा जोड दिइरहेका छन् । १४ औं महाधिवेशनमा तटस्थ रहेका नेता रामचन्द्र पौडेलको सहयोग संसदीय दलमा कसलाई हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा रहेका एक मात्रै सांसद प्रदीप पौडेल देउवालाई साथ दिने मनस्थितिमा देखिएका छन् ।
८९ सांसद रहेको कांग्रेसमा शेखर र गगन पक्षमा ३२ सांसद छन् । प्रकाशमान सिंह, सिटौला, शशांक र रामचन्द्र पौडेलको पक्षमा केही सांसद भए पनि बहुमत देउवाको पक्षमा छ । यसैले देउवा सहजै संसदीय दलको नेता चुनिने सम्भावना छ । संसदीय दलको नेतामा हार्ने निश्चित हुँदा पनि कोइराला र थापाबीच सहमति भएको छैन् । राष्ट्रपतिले संविधानको उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरीसकेकी छन् ।
यस्तो छ निर्वाचन कार्यतालिका
१. निर्वाचन हुने पदः नेपाली कांग्रेस संसदीय दलको नेता
२. मतदाता नामावली प्रकाशनः २०७९ पौष ४ गते दिउँसो २ः०० बजे ।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने: २०७९ पौष ४ गते दिउँसो ४ः०० वजे ।
५. उम्मेदवारको लागि दरखास्त: २०७९ पौष ५ गते विहान ८ः०० वजेदेखि १०ः०० वजेसम्म ।
६. उम्मेदवारको प्रथम नामावली प्रकाशन: २०७९ पौष ५ गते विहान १०ः३० वजे । ७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी: २०७९ पौष ५ गते विहान ११ः०० वजेदेखि ११ः३० वजेसम्म ।
८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन: २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे ।
९. उम्मेदवारले नाम फिर्ता लिने: २०७९ पौष ५ गते दिउँसो १२ः३० वजेदेखि दिउँसो २ः३० वजेसम्म ।
१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०७९ पौष ५ गते दिउँसो ३ः०० बजे ।
११. मतदान: २०७९ पौष ६ गते विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुँदै, साना दल विभाजनको चेपुवामा !
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार